Breaking News

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको आज फाइनल खेल हुँदै

१४ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको आज फाइनल खेल हुँदैछ । उपाधिका लागि नेपाल र म्यानमार खेल्दै छन् ।

साँझ ६ बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ ।

चार राष्ट्र सम्मिलित प्रतियोगितामा दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् । दुवैले लेबनान र कीर्गिस्तानलाई हराउँदा एकअर्कासँग बराबरी खेलेका थिए ।

नेपाली टोलीले समग्रमा १३औं पटक कुनै पनि प्रतियोगिताको फाइनल खेल्दै छ । हालसम्म खेलेका १२ फाइनलमा नेपाल जित निकाल्न असफल हुँदै आइरहेको छ ।

नेपालले वरियतामा आफू भन्दा ४८ स्थान माथि रहेको टिम म्यानमारलाई पहिलो पटक हराउनुपर्ने हुन्छ ।