Breaking News

लक्ष्मी सनराइज बैंकले ६ महिनामा गत वर्षको तुलनामा ९.७१ प्रतिशतले बढी खुदनाफा आर्जन

काठमाडौं । लक्ष्मी सनराइज बैंकले ६ महिनामा गत वर्षको तुलनामा ९.७१ प्रतिशतले बढी खुदनाफा आर्जन गरेको छ ।

बैंकले माघ ७ गते प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१-८२ को दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकले ६ महिनामा १ अर्ब १६ करोड रुपैयाँ खुदनाफा आर्जन गरेको छ ।

गत वर्ष सो अवधिमा बैंकले १ अर्ब ५ करोड ९२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । पुसमसान्तसम्मा बैंकमा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब १९ करोड रुपैयाँ रहेको छ भने बैंकले गत वर्ष सो अवधिमा ५ अर्ब ६५ करोड रहेको थियो ।

चालु आवमा बैंकको वितरणयोग्य मुनाफा ३६ करोड ८५ लाख रुपैयाँ रहेको छ भने निक्षेप संकलन ३ खर्ब ४० अर्ब ४९ करोड रहेको छ । पुसमसान्तसम्मा बैंककाे सञ्चालन नाफा १ अर्ब ७९ करोड ३० लाख रुपैयाँ रहेको छ भने कर्जा २ खर्ब ६७ अर्ब ११ करोड रुपैयाँ रहेको छ ।

बैंकको चुक्ता पुँजी २४ अर्ब ३४ करोड ६५ लाख १२ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १७ अर्ब २८ करोड २८ लख रुपैयाँ रहेको छ । सोहि अवधिमा बैंकको प्रतिसेयर आम्दानी (इपिएस) ९.५५ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १ सय ७२.५ रुपैयाँ रहेको छ । खराब कर्जा (एनपीएल) २.११ प्रतिशतमा पुगेको छ ।