सामाजिक सन्जालमा लेखेजस्तो मन्त्रालय चालउन त्यति सजिलो छैन

कृषि मन्त्री , घनश्यम भूसाल

२२ जेठ, काठमाडौं । आजभोलि सामाजिक संजालमा लकडाउन र कृषि क्षेत्रका बारेका हुने नहुने कुरा पोष्ट गरेर जभाभावी पोष्ट गरिरहेका समाचार आइरहेका पनि
छन् । यसै सवालमा कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले सामाजिक सन्जालमा लेखेजस्तो मन्त्रालय चालउन र काम गर्न नभएको बताएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आज बिहीबारको बैठकमा उनले मन्त्रालय र सरकारका कामबारे सामाजिक संजालमा लेखेजस्तो सजिलो नहुने अनुभव सुनाएका थिए ।

नेपालमा उत्पादन भएको दुधजन्य वस्तुहरूको बिक्री गर्न नसकेको स्वीकर गरेका छन् । त्यो बिक्री गर्न कठिन भएको उनको भनाइ छ । पहिला आफूलाई पनि त्यस्तै लाग्ने गरेको तर अहिले काम गर्न कठिन भइरहेको बताए । दुधको बटर हामीसँग एक हजार मेट्रिक टन बढी भइसकेको छ, थुप्रिएको छ । उत्पादनको हिसाबले १५ सय मेट्रिकटन पाउडर दुध थुप्रिएको छ । त्यो बेच्नु पर्ने छ । किसानको करिबकरिब दुईरढाई अर्ब त्यहाँ रोकिएको छ ।

अफगानिस्तान, पाकिस्तान कहाँ बेच्न पाइन्छ भनेर प्रयत्न गरिएको छ, सकिएको छैन् । सेना, पुलिसलाई खुवाउन सकिन्छ कि भनिएको थियो, त्यो पनि सकिएको छैन । माघ देखि मात्रै ठेक्का लाग्दो रैछ त्यसले गर्दा समस्या छ । मान्छेहरूले सामान्य बेसबुकमा, बाटोमा ’यसो गरिदिए हुन्छ नि’ भन्छन, मलाई पनि त्यस्तो लाग्थ्यो, त्यो सजिलो रहेनछ ।

किसानलाई उपलब्ध गराउने मलको विषयमा पनि समस्या रहेको मन्त्री भुसालले बताए । अहिले सरकारसँग १५ हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल छ र साढे पाँच हजार मेट्रिक टन जति पोटास मल रहेको तर त्यतिले नपुग्ने उनले सुनाए । आयातको क्रममा रहेको मल पनि ढुवानीमा समस्या हुँदा ल्याउन नसकिएको उनको भनाइ छ ।

कृषि पेशामा लाग्ने किसानहरूको न्यूनतम बचत सहितको आम्दानीको सुरक्षा गर्नु नै कृषि क्षेत्रको लागि सबैभन्दा ठूलो काम हुने भुसालले बताए । उनले अनुदान दिएर भन्दा किसानको उत्पादनको बजारीकरण र बचतसहितको आम्दानीको सुनिश्चितता गराउने गरी काम गर्नुपर्ने बताए ।

यस्तै पछिल्लो समय सलह आउने चिन्तामा किसानहरू रहेको भन्दै त्यसको लागि मन्त्रालयले कसरी नियत्रण गर्ने भन्ने सम्बन्धमा समिति गठन गरी अध्ययन गरिएको जानकारी मन्त्री भुसालले संसदीय समितिलाई अबगत गराएका छन् ।