आफूखुशी बजार खोल्दा भोलिका दिनमा कोरोना फैलिदा कसले जिम्मा लिने

मुख्यमन्त्री , शंकर पोखरेल

२२ जेठ, काठमाडौं । कोरोना भाइरसका कारण देश लकडाउनको ७३औं दिन सम्म आईपुग्दा सर्वसाधारणको भोकै भइन्छकी भन्ने डर र व्यापारीको व्यापार घाटालाई मध्यनजर गर्दै लकडाउन उल्लंघनका घटना बाहिर आउन थालेपछि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफुखुशी बजार खोल्दा समुदायमा कोरोना भाइरस फैलिए कसले जिम्मेवारी लिने भनी प्रश्न गरेका छन् । लकडाउनकै बिच व्यापारीहरुले आफुखुशी व्यवसाय सञ्चालन गर्न थालेकामा मुख्यमन्त्री पोखरेलले असन्तुष्टि जनाएका हुन् ।

पोखरेलले सामाजिक सञ्जाल मार्फत् लेखेका छन्, ‘क्वारेन्टाइन र लकडाउनका कारण कोभिड १९ समुदायमा फैलिएको छैन । आफुखुसी बजारखोल्दा समुदायमा फैलिए त्यस्को जिम्मा कस्ले लिने ? गम्भीर बनौ । क्वारेन्टिन र लकडाउनका कारण अहिलेसम्म कोरोना भाइरस समुदायमा नफैलिएको बताउँदै भोलिका दिनमा बजार खोजिए भने झन स्थिति खतारा हुनसक्छ त्यसका लागि सरकारले ल्याउने नियममा रही अगाडी बढ्ने समेत आग्रह गरेका छन् ।