पार्टी प्रवक्ता तथा सांसद नारायणकाजी श्रेष्ठले तलब र भत्ता बापतको रकम राज्यलाई नै फिर्ता दिने घोषणा गरेका छन्

२२ जेठ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य तथा पार्टी प्रवक्त एवम् राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले आफूले पाउने एक वर्षको तलब र बैठक भत्ता समेत नलिएर राज्यलाई फिर्ता गर्ने बताएका छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले सबै क्षेत्र प्रभावित भएको भन्दै प्रवक्ता श्रेष्ठले राष्ट्रिय सभाको बैठक र सम्बन्धित समितिको बैठक भत्ता राज्यकोषमा जम्मा गर्ने निर्णय गरेका हुन् ।

नेता तथा सासद श्रेष्ठले यसअघि एक वर्षको पारिश्रमिक कोरोना संक्रमण कोष र आर्थिक राहतकोषका लागि प्रदान गर्ने घोषणा गरेका थिए । उनले संकटको समयमा सबै मिलेर आर्थिक पुनत्थानका निम्ति एकतावद्ध हुनसमेत आह्वान गरेका छन् ।

उनले आफ्नो २ महिनाको तलब कोभिड (१९ कोष र बाँकी बिपन्न बर्ग केन्द्रित आर्थिक राहत प्याकेजका लागि उपलब्ध गराउने घोषणा गरेका थिए ।

श्रेष्ठले दुई दिनअघि राष्ट्रियसभाको बैठकमा अन्य सांसदहरुलाई समेत भत्तावापतको रकम नलिने घोषणा गर्न अपिल समेत गरेका थिए ।