Breaking News

हरितालिका तिज : आज दर खाएर दरिलो भई भोलि निराह ब्रत

२० भदौ, काठमाडौं । नेपाली संस्कृति र परम्परा अनुसार हरितालिका तीज बिषेश गरेर महिलाहरुको रमाईलोे भेटघाट र आफ्नो मनका बिलौना पोख्ने दिनको रुपमा लिने गरिन्छ । तिजको अवसरमा विवाह गरेर पोेइल गएकी चेलीबेटीलाई माइती पक्षबाट बोलाएर मिठोमिठो खानेकुरा खुवाउनुका साथै राम्रो लुगा किनिदिने र दुःखसुःखका कुरा गर्दै तिजको गीतमा नाचगान गर्दै रमाईलो गर्ने गरिन्छ । तिजकोे बिषेश दिन अर्थात् ब्रत बस्ने दिने भोलि भएपनि अघिल्लो दिन आज आफन्त, दाजुभाइ, दिदीबहिनी र अरु साथिसंगिनी जम्मा भएर वा पोइल गएकी चेलीबटीहरु माइतमा गएर आफ्ना माइती तर्फका दिदीबहिनी, दाजुभाइ, बाआमा आफन्त तथा अन्य छिमिकी दिदीबहिनीसँग मिठामिठा दर खाएर तिजका गीत गाउँदै रमाउने गर्दछन् ।

आज दिनभर दर खाएर नाचगाँन गर्दछन् । कोहीकाहीले त राती १२ बजेसम्म नाचगानका साथै दर खाने समेत गर्दछन् । आज दरखाने कार्यक्रम गरेर भोलि तीजको दिन बिषेश गरी महिलाहरुले निराहार व्रत बस्ने गर्दछन् । यसमा बिवाह महिलाले आफ्नो श्रीमान्को लोमा आयु र निरोगीको लागि र कन्या केटीहरुले भविस्यमा राम्रो श्रीमान तथा आफ्नो सफलताको कामनाम गर्दै ब्रत बस्ने प्रचलन गरेको छ ।