Breaking News

राष्ट्रिय बाणिज्य बैंकले आरवीवी भेहिकल लोन फेष्टिभ अफर योजना सार्वजनिक

राष्ट्रिय बाणिज्य बैंकले आरवीवी भेहिकल लोन फेष्टिभ अफर योजना सार्वजनिक गरेको छ।

बैंकले ऋणीलाई ७.७७ प्रतिशत ब्याजदरमा कर्जा दिने भएको छ ।

यो योजनामा बैंकले स्थिर ब्याज प्रणली लागु गर्दैछ। ग्राहकवर्गले आरवीवी भेहिकल लोन लिँदा ७ वर्षसम्म ७.७७ प्रतिशत स्थिर ब्याज तथा ०.५ प्रतिशत प्रोसेजिङ फि प्रणलीमा लोन लिन सकिने छ ।

यो योजना यहि २०८१ भाद्र १ गतेदेखि २०८१ कार्तिक मसान्तसम्मको लागि मात्र  रहनेछ ।