Breaking News

सबैले आफ्नो धर्मको पालना गरे भ्रष्ट्रचार हुँदैन, देश आफै बन्छ

काठमाण्डौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले सबैले आ आफ्नो धर्मको पालना गरे देशमा भ्रष्ट्रचार स्वतः कम हुने बताएका छन् ।

बुधबार काठमाण्डौँको बालाजुमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजित श्रीमद्भागवत महापुराण एवं श्रीमद्वाल्मीकीय रामायण ज्ञान महायज्ञलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘देशमा विकृति, बिसंगति, भ्रष्टाचार, बेथिति बढ्दै गयो भनेर गुनासो गर्ने, गाली गर्ने र आन्दोलन गर्ने र देश छाडेहरुको संख्या बढ्दै गएको छ । हो, समस्या छन् । तर, समस्या छ भनेर गाली गर्ने बिरोध गर्ने मात्रै गरेर त्यसको न्युनीकरण र समाधान हुन्छ त ?’, राज्यमन्त्री चौधरीले प्रश्न गर्दै भने, ‘यि यस्ता सबै समस्याको एउटै कारण मानिसहरु आफ्नो धर्मबाट बिचलित हुनु हो ।  जब कोही आफ्नो धर्मबाट विचलित हुन्छ अनि त्यहाँ विनास र बिकृती सुरु भइहाल्छ । समस्या सुरु भइहाल्छ ।’

देशका नागरिक देखि हरेक तहतप्काका जिम्मेवार व्यक्तिले आफ्नो पदीय जिम्मेवारी र धर्म अनुसार काम गरेमा समस्या समाधान हुने उनको तर्क छ ।

‘हरेक नागरिकहरुले पनि राज्यप्रति, समाजप्रति वहन गर्नुपर्ने आफ्नो दायित्व र धर्म निर्वाह गर्नुपर्याे । मैले पनि नागरिह हुनुको धर्म, नेता हुनुको धर्म, जनप्रतिनिधि हुनुको धर्म अनि राज्यमन्त्रीको धर्म , राज्यमन्त्रीले देशका लागि निभाउनु पर्ने धर्म सम्झिएर काम गर्छु । यसरी नै सबैले आ-आफ्नो धर्म पालना मात्रै गर्नुभयो भने देश आफै बन्छ’, उनले भने ।

यस्तै राज्यमन्त्री चौधरीले नेपाललाई ‘धार्मिक पर्यटकीय हव’ को रुपमा बिकास गर्नुपर्ने बताएका छन् ।

‘प्राचीनकालदेखि नै नेपाल विभिन्न जातजाति, भाषाभाषी, सभ्यता र संस्कृतिको संगमको रूपमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र एकतासहित अक्षुण एवं सार्वभौम राष्ट्रका रूपमा रहिआएको छ । हाम्रो धार्मिक, सांस्कृतिक, जाति, भाषा र पर्वहरुको विविधताले विश्व समुदायमा सभ्यता र संस्कृतिमा नेपालको वैशवशाली गौरव प्रमाणित गर्दै ऐतिहासिक पहिचान र आत्मसम्मानको विषय बनेको  छ’, उनले भने, ‘नेपालको जस्तो धार्मिक संस्कार र सांंस्कृतिक पहिचान विश्वका अन्य कुनै देशमा छैन् । यसको प्रचारप्रसार तथा प्रबद्र्धन गर्दै नेपाललाई ‘धार्मिक पर्यटकीय हव’ को रुपमा बिकास गर्नुपर्नेछ ।’

राजयमन्त्री चौधरी