Breaking News

थामेमा अचानक लेदोसहितको बाढीले २३ घरमा क्षति ५५ वर्षीय नुरु टुडु शेर्पा बेपत्ता

काठमाडौँ । सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका-५ थामेमा आएको बाढीले २३ घरमा क्षति पुगेको छ । थामेमा अचानक लेदोसहितको बाढीले गर्दा स्थानीय ५५ वर्षीय नुरु टुडु शेर्पा बेपत्ता छन् । स्थानीय जलविद्युत् आयोजनाको ड्यामसमेत बाढीले भत्काएको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विद्युत्‌को ड्याम भत्किँदा त्यस क्षेत्रमा विद्युत् र सञ्चार सेवासमेत अवरुद्ध भएको छ । थामेमा आएको बाढीबाट १३ घर पूर्ण र १० घरमा आंशिक क्षति भएको छ ।

एक विद्यालय भवन, एक स्वास्थ्य क्लिनिक र २ वटा होटलका भौतिक संरचनामा पनि पूर्ण रुपमा क्षति पुगेको छ । खुम्बू विद्युत् कम्पनीको ड्याम क्षतिग्रस्त हुँदा विद्युत् उत्पादन बन्द भएको प्राधिकरणले जनाएको छ । थामेबाट ९ किलोमिटर माथि रहेका ५ वटा हिमतालमध्ये २ वटा फुटेर थामे खोला ९भोटेखोला०मा बाढी आई गाउँ नै बगाएको थियो ।