हिमालको शिखर जस्तो भविस्य लाई चुम्नुछ,
रात र दिउँसो एक बनाई,
गणित सँग जुध्नुछ ,
खाने बस्ने खेल्ने समय कटाई स्कुल पनि पुग्नुछ ।।
सबै साथिहरु हाँस्छन खेल्छन रमाउँछन,
उ सदैब टोलाउँछ,
सबै भन्छन एक्लै बस्ने, तर उस्लाई त
शून्य जीवन सँग सम्झौता गर्नुछ।।
कोहि भन्छन ए पढन्दास, कति पढेको,
के के गर्छु भनी होला कम्मर कसेको,
नाच्नु पर्छ गाउनु पर्छ दुई दिने जिन्दगानी,
भन्दै कुद्छन साथिहरु, मै छु अज्ञानि।।।
थिए मेरा रहर पनि हाँसि डुलि हिड्ने,
यथार्थले कुल्चिदियो, मनका इच्छा भए खरानी,
आमा लाई देख्छु, दुखै दुखले आँखा गडेका,
बाबा हेर्छु अभाव र चिन्ताले घेरी रहेका ।।
कस्लाई सुनाउ कस्लाई बुझाउ यो मनको बह,
त्यसैले त पोख्न थालें कापी भरी रहर,
यसो गर्दा उसो गर्दा एक्दिन मन खुसी भयो,
रिजल्ट हेर्न पुग्दा खेरी टपर भाको थाहा भयो।।
झरी मेरो पृय साथी, घाम मेरो पाहुना,
हावा चल्दा रमाउँछु, ईश्वर छन दाइना १
ओत लाग्ने रुखको फेद,भोक लाग्दा ऐंसेलु
तिर्खा लाग्दा ढुङे धारा, थकाईमा पिपलु ।।
धेरै ठूलो छैन सपना, सिर्फ आफुलाई पाल्नुछ,
आफ्नो खुट्टा टेके पछि बल्ल आफ्नालाई सघाउनुछ ११
दुई हात फैलाई माग्न मन छैन,
आँसु लुकाएर हास्न मन लाग्दैन ।।
टपर बन्छु होला भन्ने मनमा थिएन,
मनले आराम र विश्राम गर्न कहिले दिएन,
जति खेर घोकि रन्थे किताबका पाना ,
कुनैदिन त बज्छ होला जिवनको मीठो गाना ।।