Breaking News

प्रेमसिंह धामीको सम्झनामा

प्रेमसिंह धामीको निधन भएको २३ वर्ष भयो । जन्म : २००९।०५।२९ सालमा र मृत्यु : २०५४।०५।२७) भएको थियो । यस बीचमा महाकालीमा धैरै पानी बगिसकेको छ । उहाँले उठाएका लिम्पियाधुरा, लिपुलेक र कालापानीको मुद्दाले निकास पाउनुको सट्टा अतिक्रमणको गति अझ बढ्ने क्रममा छ । लिम्पियाधुरा क्षेत्रलाई भारतले आफ्नो नक्सामा समावेश गर्नुको साथै लिपुलेकसम्मको सडक उद्दघाटन गरेको घटना सार्वजनिक भएपछि समग्र नेपाली समाज तरङ्गित र आक्रोशित भई यसबारे अनेक क्रिया प्रतिक्रिया आउने क्रममा २०७७ साल बैशाख ३० गते लोकान्तर डट्कममा लेखकको प्रकाशित “नेपाल-भारत सन्धिको चीरफार: लिम्पियाधुरा पुगेको त्यो पहिलो र अन्तिम उच्चस्तरिय टोली” नामक लेख प्रकाशित भयो ।

सोही मितिमा नेपालपत्र डट्कम र एप्पल खबर डट्कममा “महाकाली नदी साझा हो ! पानी आधा-आधा हो”  हो नामक लेख प्रकाशित भए । उक्त लेखहरुमा महाकाली नदी सीमा नदी भएको, महाकाली नदी (कालीनदी) पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतका सबै भूभागहरु नेपालको भएको ऐतिहासिक तथ्यसहित भारतबाट अतिक्रमित लिम्पियाधुरा क्षेत्रको संसदीय अनुगमन संयुक्त समितिले स्थलगत अध्ययन भ्रमण गरी सो क्षेत्रमा भारतले नेपाली भूमि अतिक्रण गरेको समितिको ठहर भएको तथ्य उल्लेख भएको थियो ।

 

२०७७ साल जेष्ठ २ गते संघीय संसदको संयुक्त बैठकमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीद्वारा प्रस्तुत नेपाल सरकारको आ.व २०७७/२०७८ को वार्षीक नीति तथा कार्यक्रमको बुँदा नं.२६९ मा नेपाल सरकार नेपालको अन्तर्राष्ट्रिय सीमाको सुरक्षा र संरक्षण गर्न प्रतिवद्ध छ । अन्तर्राष्ट्रिय सीमा निरीक्षणको कार्यलाई निरन्तरता दिइने छ । ऐतिहासिक सन्धि, नक्सा, तथ्य तथा प्रमाणका आधारमा कुटनीतिक माध्यमबाट मित्रराष्ट्र भारतसंगको सीमा सन्बन्धमा विगत लामो समयदेखि बाँकी रहेका र समय-समयमा उठिरेका विषयहरुको समाधान गरिने छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि हो र त्यसलाई प्राप्त गर्न ठोस कुटनीतिक पहल गरिने छ । तदअनुरुप नै छुटेको भूमिसमेत समावेश गरी नेपालको नक्सा जारी गरिनेछ । भन्ने ऐतिहासिक घोषणा भयो ।

 

२०७७ साल जेष्ठ ५ गते मन्त्रिपरिषद्बाट नेपालको नक्सा जारी गर्ने निर्णय भए बमोजिम २०७७ साल जेष्ठ ७ गते सार्वजनिक भएको नेपालको नक्सा २०७७ साल जेष्ठ ४ गते नेपालपत्र डट्कम लगायतका सञ्चार माध्याममा प्रकाशित लेखमा उल्लेखित तथ्य र प्रमाणलाई आधारमानी कुटी, नावी र गुञ्जी सहित लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएको नेपालको नक्सा सार्वजनीक भएकोमा म अत्यन्त हर्षिद र उत्साहित भएको छु ।

यो ऐतिहासिक घोषणा प्रश्चात् समग्र नेपाली समाज उत्साहित र तरङ्गित हुन पुग्यो । यसको पक्षमा संसद, सडक, समग्र मिडिया जगत र सामाजिक संजालमा अनेक प्रकारका क्रिया-प्रतिक्रियाहरुको बाढी नै आयो । यसै सिलसिलामा २०७७ साल जेष्ठ ४ गते नेपालपत्र
डट्कम, एप्पलखवर डट्कम र कदर न्युज डट्कममा “सीमा अतिक्रमण लिम्पियाधुरा, कालापानी र लिपुलेक” नामक प्रकाशित लेखमा ऐतिहासिक सन्धि, नक्सा तथ्य र प्रमाणको आधारमा लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएको र ऐतिहासिक तथ्यका आधारमा लिम्पियाधुरा क्षेत्रको हाते नक्सा समेत सार्वजनिक गरी कुटी, नावी र गुञ्जी सहित लिम्पियाधुरा क्षेत्रको ३३५ वर्ग कि.मी. र कालापानी क्षेत्रको ६२ वर्ग कि.मी नेपालको भूमि भएको उल्लेख थियो ।

 

२०७७ साल जेष्ठ ५ गते मन्त्रिपरिषद्बाट नेपालको नक्सा जारी गर्ने निर्णय भए बमोजिम २०७७ साल जेष्ठ ७ गते सार्वजनिक भएको नेपालको नक्सा २०७७ साल जेष्ठ ४ गते नेपालपत्र डट्कम लगायतका सञ्चार माध्याममा प्रकाशित लेखमा उल्लेखित तथ्य र प्रमाणलाई आधारमानी कुटी, नावी र गुञ्जी सहित लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएको नेपालको नक्सा सार्वजनीक भएकोमा म अत्यन्त हर्षिद र उत्साहित भएको छु ।

 

२०४८ सालमा नेकपा (एमाले) को तर्फबाट राष्ट्रिय सभा सदस्य र २०४९ साल देखि नेकपा (एमाले) को केन्द्रिय सदस्यको रुपमा कार्यरत रहदा स्वर्गीय प्रेमसिंह धामीलाई बुझ्ने र सहकार्य गर्ने अवसर प्राप्त भएको थियो । प्रेमसिंह धामी नीडर, प्रखरवक्ता, सशक्त लेखक एवं देशभक्त व्यक्तित्व हुनुहुन्थ्यो । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भएको भारतीय अतिक्रमणको हरतहले प्रतिवाद गर्दै प्रेमसिंह धामीले यसलाई राष्ट्रिय मुद्दाको रुपमा स्थापित गर्न अथक संघर्ष गर्नु भयो ।

यी माथिका घटनाक्रमहरुलाई हेर्दा लिम्पियाधुरा, लिपुलेक र कालापानीमाथि भएको भारतको अतिक्रमण छोटो अवधिमा घटित घटना जस्तो लाग्छ, तर वास्तविकता त्यस्तो होइन । सन् १९६२ मा भारत चीन युद्ध भएको समयदेखि भारतले सो क्षेत्रमा अनधिकृत रुपले नेपालको भूमि अतिक्रमण गरेको घटनाहरुको अन्तिम दृष्य चित्र हो ।

 

वर्षौ देखि भारतले अतिक्रमण गरी अनधिकृत रुपले कब्जा गरी राखेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि हो । र त्यसलाई प्राप्त गर्न ठोस कुटनीतिक पहल गरिने छ । तदनुरुप नै छुटेको भूमि समेत समाबेश गरी नेपालको नक्सा जारी गरिने छ ।

 

भन्ने ऐतिहासिक घोषणा सहित नेपालको नक्सा सार्वजनिक भएको यस ऐतिहासिक घडिमा मेरो मानस पटलमा स्वर्गिय प्रेमसिंह धामीको लिम्पियाधुरा, लिपुलेक र कालापानीमा भएको भारतीय अतिक्रमण बिरुद्धको सशक्त आवाज जुञ्जिरहेको छ ।

 

२०४८ सालमा नेकपा (एमाले) को तर्फबाट राष्ट्रिय सभा सदस्य र २०४९ साल देखि नेकपा (एमाले) को केन्द्रिय सदस्यको रुपमा कार्यरत रहदा स्वर्गीय प्रेमसिंह धामीलाई बुझ्ने र सहकार्य गर्ने अवसर प्राप्त भएको थियो । प्रेमसिंह धामी नीडर, प्रखरवक्ता, सशक्त लेखक एवं देशभक्त व्यक्तित्व हुनुहुन्थ्यो । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भएको भारतीय अतिक्रमणको हरतहले प्रतिवाद गर्दै प्रेमसिंह धामीले यसलाई राष्ट्रिय मुद्दाको रुपमा स्थापित गर्न अथक संघर्ष गर्नु भयो । २०५४ साल भाद्र २६ गते जनआस्था पत्रीकामा काठमाडौंलाई कालापानी किन दुस्ख्दैन ? नामक विचारोत्येचक लेख प्रकाशित भएको भोली पल्ट २०५४ साल भाद्र २७ गते नुवाकोट जिल्लाको मदानपुर स्थित केउरिनी भिरमा भएको अकल्पनीय जीप दुर्घटनामा परि देश भक्तिपूर्ण लडाइका सशक्त हस्ति प्रेमसिंह धामीको ४५ वर्षको अल्पायुमा असामयिक दुखद निधन भयो । यो देश र जनताको लागी अपुरणीयक्षति थियो ।

 

स्वर्गीय प्रमेसिंह धामीले स्थापित गरेको राष्ट्रिय मुद्दालाई समग्र राष्ट्रले आत्मसात गर्नु उहाँप्रतिको उच्च सम्मान हो । यो मुद्दालाई सार्थक निस्कर्षमा पुर्याइ अतिक्रमित भूमिलाई फिर्ता गर्नु नै स्वर्गीय प्रेमसिंह धामी प्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ । राष्ट्रवादी नेता प्रेमसिंह धामीको स्मृतिलाई चिरस्थायी बनाउन सरकारले आवश्यक कदम चाल्ने बेला भएन र ? यस सम्वन्धमा अविलम्व आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गर्दछु ।

लेखक : समाजवादी जनता पार्टीका अध्यक्ष एवं पूर्व मन्त्री तथा संसद हुुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

स्वर्गीय प्रमेसिंह धामीले स्थापित गरेको राष्ट्रिय मुद्दालाई समग्र राष्ट्रले आत्मसात गर्नु उहाँप्रतिको उच्च सम्मान हो । यो मुद्दालाई सार्थक निस्कर्षमा पुर्याइ अतिक्रमित भूमिलाई फिर्ता गर्नु नै स्वर्गीय प्रेमसिंह धामी प्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।

लेखक : प्रेमबहादुर सिंह