काठमाडौंका त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक महिलामा कोरोना संक्रमण पुष्टि

मकवानपुरको हेटौंडा उपमहानगरपालिका– ४ हुप्रचौर घर भएकी ५४ वर्षकी महिलामा शुक्रबार कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको हो ।

मुुटु रोगको बिरामी ती महिलालाई हेटौंडा अस्पतालले एक साताअघि त्रिवि शिक्षण अस्पताल भित्रको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा रेफर गरेको
थियो ।

त्रिवि शिक्षण अस्पतालका कोभिड १९ संयोजक पर्सन डा. सन्तकुमार दासले उपचाररत महिलालाई कोरोना संक्रमण भएको पुष्टि गरे । उनले ती महिलालाई गणेशमान भवनस्थित आइसोलेसनमा सारेको बताए ।

ती महिलाको संक्रमण स्रोत भने खुलेको छैन । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डा. पुरुषोत्तम सेढाईंले हेटौंडामा ती महिलाको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङको काम सुरु भएको बताए । काठमाडौ र हेटौंडामा समेत उनीसँग सम्पर्कमा रहेकाको खोजी थालिएको छ ।

हेटौंडा अस्पतालका प्रमुख डा. प्रविण श्रेष्ठका अनुसार ती महिलामा स्वास प्रश्वासमा समेत समस्या देखिएका कारण काठमाडौं रेफर गरिएको थियो । महिलामा संक्रमण पुष्टि भएपछि आफूहरु पनि क्वारेन्टाइनमा बस्न लागेको डा. श्रेष्ठले जानकारी दिएका छन् ।

अनलाइन खबरबाट