रियलले स्पोर्टिङ ब्रागालाई २–१ गोलले हराएयो

ब्रागा । जुड बेलिङह्यामले यो सिजन आफ्नो उत्कृष्ट सुरुवातलाई जारी राख्दा रियल मड्रिडले च्याम्पियन्स लिग आफ्नो शत प्रतिशत नतिजा कायम राखेको छ । मंगलबार भएको खेलमा रियलले स्पोर्टिङ ब्रागालाई २–१ गोलले हराएको हो ।

रोड्रिगोले पहिलो हाफको १६ औँ मिनेटमा रियललाई अग्रता दिलाएका थिए । बेलिङह्यामले ६१ औँ मिनेटमा टोलीका लागि दोस्रो गोल गरे । योसँगै उनले यो सिजन च्याम्पियन्स लिगका सबै खेलमा गोल गर्न सफल भएका छन् । बेलायती मिडफिल्डरले देश र क्लबका लागि १५ खेलमा १२ गोल गरिसकेका छन् ।
GCI COLLEGE

६३ औँ मिनेटमा ब्रागाका अल्भारो जालोले गोल फर्काए पनि त्यसपछि कुनै गोल हुन नसक्दा रियल विजयी बन्यो । खेलको अन्त्यतिर भिनिसियस जुनियरको गोल अफसाइड करार गर्दै रद्द गरिएको थियो ।

Laxmi sunrise bank

समूह सीमा ३ खेलपछि ९ अङ्कसहित रियल शीर्ष स्थानमा रहेको छ । नापोली ६ अङ्कसहित दोस्रो स्थानमा छ । मंगलबार नै नापोलीले युनियन बर्लिनलाई १–० ले हरायो । ३ अङ्कसहित स्पोर्टिङ ब्रागा तेस्रो र अङ्कविहीन युनियन बर्लिन चौथो रहेको छ ।