यु-१९ प्रिमियर कपको उपाधि नेपाललाई

हिजो सम्पन्न खेल एसिसी यु-१९ प्रिमियर कपको उपाधि नेपालले जितेको छ।

मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा नेपालले युएईलाई १९ रनले पराजित गर्दै एसिसी यु(१९ प्रिमियर कपको उपाधि जितेको हो।

डकवर्थ लुइस मेथडमा १९८ रनको लक्ष्य पाएको यूएई २६।५ ओभरमा अलआउट भयो। उसले १७८ रन मात्रै जोड्न सक्यो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै यूएईलाई २८१ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

तर, खेल वर्षाले अवरूद्ध भयो। वर्षाले दुईपटक अवरूद्ध गरेपछि २७ ओभरमा छोट्याएर डकवर्थ लुइस मेथडमा १९८ रनको लक्ष्य दिइएको थियो।

नेपालका लागि आकाश त्रिपाठीले ४, सुवास भण्डारीले ३, आकाश चन्दले २ र हेमन्त धामीले १ विकेट लिए।