Breaking News

नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौ । नेपाली बजारमा आज (बिहीबार) पनि सुनचाँदीको मूल्य घटेको छ । बुधबार प्रतितोला आठ सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक हजार ४ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ घटेको हो।