बजेटमा कृषि र स्वास्थ्य लाई प्रमुख प्रार्थमिकता : बाँझो जमिनलाई प्रयोगमा ल्याउन अभियान थालिने

२ जेठ काठमाडौं । नेपाल सरकारले आज दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७७,२०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गदै, खेर गइरहेको जमिनलाई प्रयोगमा ल्याउन अभियान सञ्चालन गर्ने सरकारले नीति लिएको बताएकी छिन् ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले १० वर्षमा उत्पादन दोब्बर गर्नका लागि व्यवसायीककरण र आधुनिकीकरणमा जोड दिइएको बताइन् । त्यसका लागि कृषिमा लगानी गर्ने उनले बताइन् । उनले मुलुक कोरोना भाइरसको चपेटामा परेको कारणले विकास गतिमा धक्का पुगेको बताइन् ।

आर्थिक क्रियाकालपमा सुधारका लागि कृषि उत्पादनमा जोड दिनुपर्ने बताउँदै उनले वेरोजगारीलाई रोक्नका लागि व्यवसायीक कृषि र उत्पादन मुलक सेवाका कार्यक्रम परिचलान गर्ने बताइन् ।

खेर गएको जमिनलाई उपयोगमा ल्याउने बताउँदै उनले रासायनिक मल र उन्नत बीउको वितरण तथा सिंचाई क्षेत्रको पनि विस्तार गर्ने बताइन् । धान, मकै आलु लगायतको उत्पादनमा वृद्धि भएको बताउँदै उनले अगामी आर्थिक वर्षमा थप आधुनिकीकरण, व्यवसायीककरण र यान्त्रिककरणमा जोड दिई उत्पादनमा जोड दिइने बताइन् ।

कृषि आधुनिकीकरण परियोजनालाई प्रमुख कार्यक्रमको रुपमा देशभर विस्तार गरिने बताउँदै उनले कृषि उत्पादनसँग सम्बन्धित अन्य कार्यक्रम नदोहोरिने गरि कार्यक्रम सञ्चालन गरिने सरकारले नीति लिइने बताइन् ।

हरेक किसानलाई स्थानीय तहमार्फत सुचीकृत गर्ने र कृषि अनुसन्धान सम्बन्धी विद्यमान व्यवस्थालाई स्तरोन्नती गर्ने उनले बताइन् ।

इसेन्टरबाट कृषकलाई सहभागी गराई उत्पादनमा वृद्धि गर्ने व्यवस्था मिलाउने बताउँदै उनले कृषिलाई आयमुलक र मर्यादीत पेसाको रुपमा विकास गरिने बताइन् ।
विदेशबाट फर्केका युवालाई कृषिमा आकर्षित गर्नुको साथै कृषिका पूर्वाधारको विकास गर्ने बताइन् । वास्तविक कृषकलाई अनुदानको व्यवस्था मिलाउनुको साथै एउटा क्षेत्रका लागि एकै क्षेत्रबाट अनुदानको व्यवस्था मिलाउने उनले बताइन् ।

उच्च मूल्यका कृषि वस्तु उत्पादनका लागि कृषकहरुलाई प्रोत्साहित गर्ने बताउँदै उनले उपयोगविहिन सरकारी जमिनमा फलफूल रोप्ने कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गर्नुका साथै बाँझो जमिनमा बाली लगाउन कृषकलाई प्रोत्साहित गर्ने बताइन् ।

अर्गा्निक खेतीका लागि कृषकलाई प्रोत्साहित गर्नुको साथै कृषियोग्य जमिनको माटो नियमित परीक्षण गरिनुको साथै माटोको प्रकारको बारेमा कृषकलाई जानकारी दिइने उनले बताइन् । कृषकले लागतको आधारमा उचित मूल्य पाउने वजारको व्यवस्थान गर्नुको साथै कृषकले बाली लगाउनुपूर्व त्यसको समर्थन मूल्य तोक्ने उनले बताइन् ।
अण्डामा आत्मनिर्भर भएका बताउँदै उनले माछा मासु लगायत अन्य कुरामा पनि आत्मनिर्भरको नजिक रहेको बताइन् ।

पोषणयुक्त आहार उत्पादन गर्ने बताउँदै उनले पहाड र तराईमा गाई, भैसी, भोडा, चाङ्ग्राको उत्पादनमा जोड दिइने बताइन् । पशुबाट सार्ने रोगलाई नियन्त्रण गर्न क्वारेन्टाइनको व्यवस्था गरिने पनि उनले बताइन् । कृषि शिक्षाबाट प्राप्त गुणलाई उपयोग गर्ने बताउँदै कृषिका हरेक क्षेत्रमा प्राविधिक कृषक परिचालन गरिने बताइन् ।
कृषि उपजको मूल्य शृङ्खलाको व्यवस्था गर्नुको साथै संंघ, प्रदेश र स्थानीय तहको मूल्यलाई समायोजन गरिने उनले बताइन् ।

जलवायु परिवर्तन र प्राकृतिक विपदबाट बच्न विभिन्न कार्यक्रमको संचालन गर्नुको साथै भूमि र प्रविधिको मार्फत भूमि बैंकको व्यवस्था गरिने बताइन् ।