Breaking News

रामेछापको गोकुलगंगा फर्पुमा घरमाथि पहिरो खस्दा च्यापिएर तीन जनाको मृत्यु

११ साउन, काठमाडौं । रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा बेलुकी ८ः४० बजे विमान तामाङको घरमाथि पहिरो खस्दा तीन जनाको मृत्यु भएको छ ।

पहिरोले तामाङको् १८ वर्षीया छोरी सीता तामाङ, छिमेकी पेमा तामाङकी छोरी १५ वर्षीया आशिका दोङ र अर्का छिमेकी पदम तामाङकी छोरी १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

राती नै पहिरोमा पुरिएका शवहरु लाई स्थानीय र प्रहरीले पहिरो पन्छाएर बाहिर निकालेका थिए।

स्थानीयका अनुसार पहिरोले जोखिममा परेका चारवटा घरबाट स्थानीय बासिन्दाको उद्धार गरिएको प्रहरीले जनाएको
छ ।