बाधिएको घोडा

कोर्‍राले बाधिएको घोडा
यादहरुमा दुखेको मन
अनि पैतालाहरुको आवाज
र परेलिमा तैरिएका
आँसुहरु भेटिने छन
जुन म हु
त्यो सागुरो गल्ली
भित्रको खोचाखोच
ठुलो भिडमा
सेतो प्लास्टिकले
सिङ्गारिएको थुम्से
र मेरो पिठ्युँ संगै
भएको बेला
हजारौं यातनाहरु
खेपिरहेको विरक्त
बन्दी जस्तै लाग्छ
सिङ्गारिएको थुम्से
पसिनाले निथुर्क भिजेको शरीर
एक अर्का संग
बाचि रहने जोडी हुन
जसमा
म र मेरा
तल्ला घरे चमार दाइ पर्छौ
अनि ती कंगाल अस्थिपन्जर
र सागुरो गल्ली भित्र
कमिलाहरुको ताती जस्तै
जिवशिलका निन्याउरा
अनुहारहरु छन
तेति मध्यमा देखि रहने
एउटा अनुहार मेरो पनि हो
यदि त्यस्ता हजारौं
कोर्‍राले बाधेको घोडा
जिवशिलका कंगाल
अस्थिपन्जर हेर्न छ भने
सागुरो गल्ली भित्र छिर
अनि भेटाउने छौ
जिवशिलका अस्थिपन्जर
सिङ्गारिएको थुम्से
कोर्‍राले बाधिएको घोडा
अनि संगै देख्ने छौ
कयौं दयाका अनुहारहरु
जसमा म र तिमी
पर्नेछौ।।।
दिर्घ बहादुर शाही को कविता”सागुरो गल्ली”