Breaking News

आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०५ पैसा र बिक्री दर १३२ रुपैयाँ ६५ पैसा रहेको छ ।

युरो एकको खरिद दर १४५ रुपैयाँ ६० पैसा र बिक्री दर १४६ रुपैयाँ २६ पैसा तोकिएको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५६ पैसा र बिक्री दर १६९ रुपैयाँ ३३ पैसा रहेको छ । यता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २३ पैसा र बिक्री दर ३६ रुपैयाँ ३९ पैसा रहेको छ ।

त्यस्तै, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । क्यानाडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ५४ पैसा रहेको छ भने विक्रि दर ९८ रुपैयाँ ९९ पैसा रहेको छ ।