Breaking News

काठमाण्डौ महानगरपालिका र बुढानीलकण्ठ नगरपालीकाबीच तीनबुँदे सहमतिपछि कपनमा चल्यो डोजर

२६ साउन, काठमाण्डौ । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० र १२ तथा काठमाडौँ महानगरपालिका वडा नम्बर ६ र ७ को सीमा यकिन गरी नापनक्सा गर्ने सम्बन्धमा नापी कार्यालय चाबहिलमा आज छलफल भएको थियो । सो क्रममा वडा ६ र ७ का वडा अध्यक्ष र बूढानीलकण्ड नगरपालिका १० र १२ का वडा अध्यक्षबीच धोबी खोलादेखि साततल्ले सम्मको खहरे खोलामा राखिएको ह्राम पाइप निकाल्ने सहमति भएको
छ ।

यस्तै धोबिखोला करिडोर, पाथीभरा बस्ती, समता टोल जाने बाटो र साततल्लेको चोक जस्ताको तस्तै राख्ने वा आवश्यकता अनुसार काठमाडौँ महानगरपालिकाले पुल निर्माण गर्ने सहमति भएको छ ।

यस्तै साततल्ले चोकदेखि माथि बूडानीलकण्ड नगरपालिका १० र १२ तथा काठमाडौँ महानगरपालिका ६ मा नक्सा पुर्जा अनुसारको जग्गा छुट्याई बाँकी भएको जग्गा खहरे कायम गरी रेखांकन छुट्याउने सहमति भएको छ ।

सोही सहमतिपछि महानगरपालिकाले कपनमा डोजर चलाएको छ ।

k