काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले देशको विभिन्न स्थानमा ११ वटा शाखा कार्यालय विस्तार गरेको छ ।
बैंकले सिरहास्थित शाखा कार्यालय गोलबजार, बैतडी जिल्ला स्थित शाखा कार्यालय पाटन, दार्चुला जिल्ला स्थित शाखा कार्यालय गोकुलेश्वर, मोरङ्ग जिल्ला स्थित शाखा कार्यालय बिराटचोक, मकवानपुर जिल्ला स्थित शाखा कार्यालय सानोपोखरामा कारोबार शुभारम्भ गरेको हो ।
त्यस्तै ललितपुर जिल्लास्थित शाखा कार्यालय ग्वार्को तथा मंगलबजार, सुर्खेत जिल्ला स्थित शाखा कार्यालय छिन्चु, कालिकोट जिल्ला स्थित शाखा कार्यालय रास्कोट, दैलेख जिल्ला स्थित शाखा कार्यालय राकम कर्णाली र स्याङजा जिल्ला स्थित शाखा कार्यालय वालिङ्ग को कारोबार शुभारम्भ गरिएको छ । यस पश्चात बैंकको देशभर २८२ वटा शाखा कार्यालय सञ्चालनमा आएको छ ।