काठमाडौं । समाजवादी मोर्चा घोषणासभालाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले समाजवादी मोर्चा प्रतिगमन र यथास्थितिविरुद्ध बनेको बताएका छन् ।
अध्यक्ष नेपालले समाजवादी मोर्चाले प्रतिगमनको मुकाबिला गर्ने बताएका हुन् ।
अध्यक्षा नेपालले भने, ‘हामी समाजवादी शक्तिहरूलाई एकताबद्ध बनाएर लान चाहन्छौं । हामी देशभक्ति शक्तिहरुलाई हातेमालो गर्दै लान चाहन्छौं । समाजवादी नेपालको निर्माणको पक्षमा हुनेलाई समेटेर जान चाहन्छु ।’
अध्यक्ष नेपालले सबै सकारात्मक शक्तिहरूलाई एकताबद्ध बनाउनको लागि मोर्चा बनाएको बताए । यो पहिला पटकको सहकार्य नभएकाले विश्वासको साथ अघि बढ्ने उनको भनाई छ ।
उनले कांग्रेस र एमालेको नाम नलिई पछिल्लो समय भइरहेका टिकाटिप्पणीको खण्डन गरे । कांग्रेसलाई घुर्काउन र एमालेका विरुद्ध मुकाबिलाका लागि मोर्चा गठन नभएको उनको भनाई थियो । उनले अगाडि भने, ‘कुनै पार्टीलाई घुर्क्याउन खोजेका होइनौं, कसैलाई दबाव दिन र कसैलाई तर्साउन चाहेको पनि होइन । तर प्रतिगमनको भने मुकाबिला गर्ने उनले बताए ।
आफ्नै पार्टीका नेताहरुलाई पनि मोर्चामा आवद्ध भएका दलहरु एकअर्कामा बिलय हुने त होइन भन्ने परेको भन्दै एकीकृत समाजवादी अध्यक्ष नेपालले भने, ‘कसैले निल्ने वाला छैन, हामी निलिने बाला पनि छैनौं ।’ आफूहरुको सम्बन्ध आजको नभएको र पहिलो सहकार्य पनि नभएको भन्दै उनले आपसमा विश्वास रहेको बताए ।