राष्ट्रियसभामा आज घोषणा भएको समाजवादी मोर्चा कार्यक्रममा बोल्ने क्रममा नेकपा का महासचिव विप्लवले देशमाथि अहिले अतिक्रमण भइरहेको बताउँदै नेपाल अग्रगमन र पश्चगमनको लडाईंमा उभिरहेको बताए ।
‘सातबुँदे सहमतिपत्र सातबुँदे घोषणापत्र लिएर तपाईहरुको बिचमा हामी उपस्थित भएका छौँ र हामी पूर्ण आत्मविश्वासका साथ हामीले दाबी गरेका छौँ । यो देशको नेतृत्व अग्रगामीहरुले गर्ने हो’, उनले भने, ‘यो देशको नेतृत्व वैज्ञानिक समाजवादी, समाजवादी मोर्चाले गर्ने हो, यो देशको नेतृत्व देशभक्त स्वाभिमान नागरिकहरुले गर्ने हो । हामी सक्छौँ, तपाईहरुको विश्वासबाट ।’
यस्तै उनले उक्त समाजवादी मोर्चा घोषणा नेपाली राजनीतिमा नयाँ प्रयोग भएको उल्लेख गरे । ‘नेपालको स्वाधिनता र नेपाली जनतको अधिकारको लागि एउटा नयाँ संघर्ष लडाई अगाडी बढाउनुपर्छ भन्ने सोचका साथ ईतिहासमा हामीले एउटा नयाँ अभ्यास ल्याएका छौँ- समाजवादी मोर्चा नेपाल । यो नेपाली राजनीतिको एउटा नयाँ मोड हो । नयाँ प्रयो हो
यो । यो नेपाली राजनीति इतिहासमा कमै प्रयोग भएको छ’, उनले भने, ‘सरकारमा भएको पार्टी पनि यहाँ हुनुहुन्छ र हामी जनताको बिचमा संघर्ष गरिरहेका पार्टी पनि यहाँ छौँ । हामी सक्छौँ, हामीले जवाफ दिने प्रयत्न गरेका छौँ ।’
उनले देशमा आज भइरहेको संकटबाट प्रतिगामी र पश्चगामीहरुलाई कुनै पनि हालतमा मौकाको फाइदा उठाउनु दिनु नहुने बताए । ‘कुनै पनि मुल्यमा आजको संकटबाट प्रतिगामी र पश्चगामीहरुलाई मौकाको फाइदा उठाउनु दिनु हुँदैन’, उनले भने, ‘कुनै पनि स्थितीमा हाम्रो देशमाथि आँखा लगाउने कुैन साम्राज्यवादी दृष्टिलाई स्वीकार गर्न सकिँदैन ।’