लचिलो मौद्रिक नीति लिएको भन्दै ब्याजदर घट्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति लिएको भन्दै ब्याजदर घट्ने बताएका छन् ।

मौद्रिक नीतिको त्रैमासिक समीक्षा पछि आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले लचिलो नीतिका कारण ब्याजदर घट्ने बताए । तेस्रो त्रैमासिक समीक्षामा राष्ट्र बैंकले नीतिगत दरलाई साढे ८ प्रतिशतबाट घटाएर साढे ७ प्रतिशतमा झारेको छ ।

उनले भने, ‘आर्थिक असहजतालाई सहज बनाउनको लागि मौद्रिक नीति लचिलो बनाएका छौँ ।’