काठमाडौं उपत्यकाको फोहोरको दिगो व्यवस्थापनका लागि सिंहदरबारमा छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं उपत्यकको फोहोरको दिगो व्यवस्थापनका लागि छलफल थालेका छन् ।

प्रचण्डको सचिवालयका अनुसार फोहोरमैलाको दिगो व्यवस्थापन गर्न भन्दै प्रधानमन्त्री प्रचण्डले अहिले सिंहदरबारमा छलफल गरिरहेका छन् ।

‘फोहोरमैलाको दिगो व्यवस्थापन, काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन र देशैभर फैलिएको डेंगु नियन्त्रण कसरी गर्ने भन्नेबारे सरोकारवाला निकायहरूको बैठक बोलाउनु भएको छ ।’ सचिवालयले भनेको छ ।

बैठकमा प्रधानमन्त्रीसहित अर्थमन्त्री प्रकाशशरण महत, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला सहभागी छन् ।

बैठकमा संघीय मामिलामन्त्री अमनलाल मोदी, सहरी विकासमन्त्री सीता गुरूङ, ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका संघ प्रदेश र स्थानीय निकायका जनप्रतिधिहरू तथा बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट प्रभावितहरू उपस्थित रहेका छन् ।