रियल मड्रिड रियल बेटिससँग बराबरीमा

२२ फागुन, काठमाडौं । स्पानिस ला लिगाको दोस्रो स्थानमा रहेको रियल मड्रिड रियल बेटिससँग बराबरीमा रोकिएको छ ।

आइतबार राति बेटिसको मैदानमा भएको खेलमा रियलले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । बराबरीपछि रियल लिग लिडर बार्सिलोनाभन्दा ९ अंकले पछि परेको छ ।
बार्सिलोनाले आइतबार भ्यालेन्सियालाई १–० ले हराएको थियो ।

बराबरीपछि रियलको २४ खेलबाट ५३ अंक छ । बार्सिलोना समान खेलबाट ६२ अंकसहित शीर्ष स्थानमा आसिन छ ।

२४ खेलबाट ४१ अंक रहेको बेटिस पाँचौं स्थानमा छ ।