होलीको मध्यनजर गर्दै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले ६६ ठाउँमा होली केन्द्रित चेक प्वाइन्ट

काठमाडौं । आज होली पर्व काठमाडौं उपत्यका सहित हिमाली र पहाडी जिल्लामा होली मनाइयदै छ । यसको मध्यनजर गर्दै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले ६६ ठाउँमा होली केन्द्रित चेक प्वाइन्ट राखेको छ । उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्नेलाई कानुनी दायरामा ल्याउन ६६ ठाउँमा चेक प्वाइन्ट राखिएको हो ।

मादक पदार्थ सेवन गरेर मोटरसाइकल वा चारपांग्रे सवारी चलाएको भेटिए त्यस्ता सवारी होल्ड गरिने डिआईजी चौधरीले बताइन् । ट्राफिक प्रहरीले लागु पदार्थ सेवन गरेर सवारी चलाएकोबारे जाँच गर्न ‘मोबाइल टिम’ परिचालन गरेको छ । मोबाइल टोलीले उपत्यकामा आकस्मिक लागुपदार्थ सेवनबारे जाँच गर्नेछन् ।