१५ फागुन, काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य गिरावट भएको छ । सोमबार बजार परिसूचक नेप्से ३.६५ अंकले गिरावट भएर २०२३.५४ अंकमा बन्द भएको छ । सोमबार होटल तथा पर्यटन, निर्जीवन बीमा, अन्य र व्यापार उपसूचकमा वृद्धि हुँदा अरु सबै उपसूचक घटेका छन् भने कारोबार रकम पनि घटेको छ ।
होटल तथा पर्यटन उपसूचक १.३८ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक १.६५ प्रतिशतले गिरावट भएको छ । यस्तै लघुवित्त उपसूचक ०.९८ प्रतिशतले घटेको छ । सोमबार नेप्सेमा ३७ हजार ३३८ वटा कारोबारमा ५१ लाख २० हजार ८८८ कित्ता धितोपत्र किनबेच हुँदा १ अर्ब ८९ करोड ३७ लाखको कारोबार भएको छ ।
स्वाभिमान लघुवित्तको सेयरमूल्य सर्वाधिक ९.७३ प्रतिशतले वृद्धि हुँदा समालिङ पावर कम्पनीको सेयरमूल्य ९.३५ प्रतिशत र तारागाउँ रिजेन्सी होटलको सेयरमूल्य ७.९६ प्रतिशतले वृद्धि भएको छ ।