प्रिमियर लिग क्लब लिड्सले मुख्य प्रशिक्षक जेसी मार्शलाई बर्खास्त

एजेन्सी

प्रिमियर लिग क्लब लिड्सले मुख्य प्रशिक्षक जेसी मार्शलाई बर्खास्त गरेको छ।

आइतबार राति नटिङ्घम सिटीसँग १–० ले पराजित भएपछि क्लबले उनलाई बर्खास्त गरेको हो।

मार्शले टोली सम्हालेको करिब एक वर्षयता लिड्सले प्रिमियर लिगका खेलेका २० खेलमध्ये ४ खेलमा मात्र जित निकालेको छ। ६ खेलमा बराबरी खेलेको लिड्सले १० खेलमा हार व्यहोरेको छ।

प्रिमियर लिग तालिकामा लिड्स १७ औं स्थानमा छ। गोल अन्तरको आधारमा मात्र लिड्स रेलिगेसन जोनभन्दा माथि छ।

मार्शले अहिलेसम्म खेलाएका ३७ खेलमध्ये ११ खेलमा जित, १० बराबरी र १६ खेलमा हारको नतिजा सामना गरेका छन्।

क्लबले उनीसँगै सहायक मुख्य प्रशिक्षक रेने मारिक, क्यामरुन टोशाक र पियरे ब्यारिउलाई पनि बर्खास्त गरेको छ।

क्लबले एक विज्ञप्ति निकाल्दै जेसी र उनको सहयोगीलाई उनीहरूले गरेको प्रयासका लागि धन्यवाद दिएको छ।

लिड्सले बुधवार ओल्ड ट्राफोर्डमा म्यानचेस्टर युनाइटेड र आइतबार फेरि एल्यान्ड रोडमा उसैसँग खेल्ने कार्यतालिका छ।

गत साता मात्र मार्सका सहायकको रूपमा नियुक्त भएका प्रशिक्षक माइकल स्कुबाला, पाको ग्यालार्डो र क्रिस आर्मासले म्यानचेस्टरमा बुधबार हुने खेलको लागि टोलीको जिम्मेवारी सम्हाल्नेछन्।