आर्सनल एभर्टनसँग १–० गोल अन्तरले पराजित

एजेन्सी

एजेन्सी । प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनल पराजित भएको छ । शनिबार राति भएको खेलमा आर्सनल एभर्टनसँग १–० गोल अन्तरले पराजित भएको हो ।

एभर्टनलाई जित दिलाउन जेम्स तार्कोवस्कीले निर्णायक गोल गरे । खेलको ६० औं मिनेटमा जेम्सले गोल गर्दै टिमलाई जित दिलाए ।

आर्सनलको यो सिजनको दोस्रो हार हो । हारसँगै शीर्ष स्थानको आर्सनल २० खेलमा ५० अंक जोडेको छ । जित निकालेको एभर्टन १८ अंक जोडेर १७ औं स्थानमा छ ।