आई.एम.इ. लाइफ इन्स्योरेन्सका बीमा अभिकर्ताहरु मध्ये ३४ जना एमडिआरटि सम्मानित

आई.एम.इ. लाइफ इन्स्योरेन्सका बीमा अभिकर्ताहरु मध्ये सन् २०२३ को लागि एक सिओटी सहित ३४ जना एमडिआरटि सम्मानित भएका छन् । कम्पनिले गत माघ ४ गते एक समारोहको आयोजना गरी उहाँहरुलाई सम्मान गरेको कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । उक्त अवसरमा यसपाली एमडिआरटिको रुपमा सम्मानित हुनेमा शारिरीक रुपमा विशेष रुपले सक्षम डडेलधुरा शाखाका श्री नरेन्द्रसिंह भाटसमेत हुनुले काम गर्न दृढ संकल्प भएमा जे पनि गर्न सकिने उदाहरण समेत स्थापित भएकोमा गौरवान्वित महसुस गरेको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री कवि फुयालले बताउनुभयो ।

कम्पनिको समय सापेक्ष बजार नीतिको कारणले गर्दा सम्पूर्ण अभिकर्ताहरु उत्प्रेरित हुनु भएकाले अहिलेको आर्थिक रुपले विषम परिस्थितिमा समेत उल्लेख्य संख्यामा बीमा अभिकर्ताहरुले एमडिआरटि उपलब्धि हासिल गरेको कुरा कम्पनीका प्रमुख सन्चालन अधिकृत श्री दिनेश अमात्यले बताउनुभयो ।

एमडिआरटि अर्थात मिलियन डलर राउण्ड टेबल सन् १९२७मा रजिष्टर भएको एमडिआरटि एक बिदेशी संस्था हो । जहाँ ७२ देशका ५०० कम्पनी सामेल रहेका छन् । यसको प्रधान कार्यालय अमेरिकामा रहेको छ । यो संस्थामा बीमा क्षेत्र र फाइनान्सियल सेक्टरका मानिसहरु सहभागी हुन पाउँछन् ।

यस संस्थामा सदस्यता लिएको इन्स्योरेन्स कम्पनी र फाइनान्सियल संस्था मार्फत तोकेको समयमा टार्गेट पूरा गरेका अभिकर्ताहरुले सहभागी हुन पाउने ब्यबस्था रहेको छ ।