अष्ट्रेलियालाई २-१ ले हराउँदै अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश

१८ मंसिर, काठमाडौं । कतारमा जारी विश्वकप अन्तर्गत भरखरै सकिएको अन्तिम १६ को दोस्रो खेलमा अष्ट्रेलियालाई २-१ ले हराउँदै अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको छ ।अर्जेन्टिनाको जितमा कप्तान लिओनल मेसी र जुलियन अल्भारेजले एक एक गोल गरे। यस्तै अर्जेन्टिनाका फर्नान्डेजले आत्मघाती गोल गरे।

मेसीले खेलको ३५ मिनेटमा ओटामेन्डीको पासमा गोल गरेका थिए।

५७ मिनेटमा अल्भारेजले अग्रता दोब्बर पारेका थिए। अस्ट्रेलियाका रायनले गल्ती गरेको बलमा अल्भारेजले गोल गर्न सफल भएका थिए।

खेलको ७७ मिनेटमा अस्ट्रेलियाले गोल फर्कायो। गुडविनले डिबक्स बाहिरबाट हानेको सशक्त प्रहार इन्जो फर्नान्डेजको शरिरमा लागेर गोल पोस्टमा छिरेको थियो।

अर्जेन्टिना अन्तिम आठमा पुगेको यो खेलसँगै मेसीले करिअरको १०००औं खेल खेले। मेसीले एक हजार खेलको कोशेढुंगा पार गरेको यो खेलमा मेसीले अर्जेन्टिनाका लागि कप्तानी गरेको १००औं खेलमा पनि हो।

देशका लागि १६९ खेल खेलिसकेका मेसीले अन्तर्राष्ट्रिय गोल संख्य ९४ पुर्‍याएका छन्।

दुई पटकको विजेता अर्जेन्टिना विश्वकपमा आठौं पटक अन्तिम आठमा पुगेको हो।

अब अन्तिम आठमा अर्जेन्टिनाले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।