फ्रान्स फिफा विश्वकप २०२२ को अन्तिम १६ मा प्रवेश

हिजो राती भएको खेलमा फ्रान्स फिफा विश्वकप २०२२ को अन्तिम १६ मा प्रवेश गरेको छ।

समूह ‘डी’ को खेलमा फ्रान्सले डेनमार्कलाई हराउँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो।

लगातार दोस्रो जित निकाल्ने क्रममा फ्रान्सले २(१ गोलको जित निकाल्यो। दुवै गोल युवा स्ट्राइकर केलियन एमबाप्पेले गरे।

उनले पहिले गोल ६१ मिनेटमा गरेका थिए। तर ६८ मिनेटमा क्रिस्टिनसनले डेनमार्क लागि बराबरी गोल फर्काए।

खेल सकिन चार मिनेट बाँकी छदा एमबाप्पेले टिम तथा व्यक्तिगत दोस्रो गोल गरे।

उनले विश्वकपमा आफ्नो गोल संख्या ७ पुर्‍याएका छन् भने विश्वकपमा पछिल्ला तीन खेलमा लगातार गोल गरेका छन्। उनले लिओनल मेसीको विश्वकप गोल संख्यासँग पनि बराबरी गोल गर्न सफल भए।

अन्तिम १६ मा पुगेको फ्रान्सले समूहमा २ खेलबाट ६ अंक जोडेको छ। यसअघि पहिलो खेलमा फ्रान्सले अस्ट्रेलियालाई हराएको थियो।

शनिबार नै समूहमा टयुनिसियालई हराएको अस्ट्रेलियाले ३ अंक जोडेको छ। पहिलो खेलमा एकआपसमा बराबरी खेलेका डेनमार्क र ट्युनिसियाको भने एक एक अंक छ।