पोल्यान्डले साउदी अरेबियालाई २-० गोलले हराउँदै समूह ‘सी’ को शीर्ष स्थानमा

फिफा विश्वकप २०२२ मा पोल्यान्डले पहिलो जित हात पारेको छ। पोल्यान्डले शनिबार भएको खेलमा साउदी अरेबियालाई २-० गोलले पराजित गर्‍यो।

पोल्यान्डले पहिलो हाफ सकिन ६ मिनेट बाँकी छदा अग्रता लिएको थियो। ३९ मिनेटमा पिटर जेलेस्कीले गोल गर्दै पोल्यान्डलाई १-० गोलले अघि बढाएका थिए ।

पहिलो हाफको अन्तिम मिनेटमा साउदी अरेबियाले पेनाल्टी पाएको थियो। बराबरी गर्ने सुन्दर सो मौकामा साउदीका अल्बुरायक सफल भने हुन सकेनन्। उनको पेनाल्टी प्रहारलाई पोल्यान्डका गोलकिपर सेजेन्कीले विफल पारेका थिए।

८२ मिनेटमा पोल्यान्डले अग्रता दोब्बर पार्न सफल भयो। साउदीका मिडफिल्डर अल माल्किले डिबक्समा बललाई राम्रोसँग नियन्त्रण गर्न नसक्दा लेवान्डोस्कीले डिबक्सबाट सहज गोल गरेका थिए। कप्तान लेवान्डोस्कीको यो ७७औं अन्तर्राष्ट्रिय गोल हो। यस्तै उनले विश्वकपमा भने पहिलो गोल गर्न सफल भए।

जितसँगै समूह ‘सी’ मा पोल्यान्ड दुई खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानको साउदीको ३ अंक छ भने मेक्सिको १ अंकसहित तेस्रो स्थानमा छ। राति नै भएको खेलमा मेक्सिकोलाई २-० गोलले हराउँदै अर्जेन्टिना समूह सी को दोस्रोमा उक्लिएको छ ।