सेयर बजार लगातार तेस्रो दिन पनि धनात्मक

तिहारपछि खुलेको सेयर बजार लगातार तेस्रो दिन पनि धनात्मक भएको छ । सोमबार र मंगलबार क्रमशः १६ र ५६ अंकले बढेको नेप्से सूचक तेस्रो दिन बुधबार थप ७ अंकले बढेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक ७।३२ अंकले बढ्दै १९३८।३० अंकमा उक्लिएको छ । यता क वर्गको सेन्सेटिभ इन्डेक्स भने आज सामान्य ९०।७९० अंकले मात्र बढ्दै ३८२।९४ अंकमा उक्लिएको छ ।

आज बैंकिङ, ट्रेडिङ र निर्जीवन बीमा समूहबाहेक अन्य समूहको उपसूचक धनात्मक भएका छन् । समग्रमा ७।३२ अंकले बढेको बजारमा आज १ अर्ब ४६ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिन ५६ अंकले बढेको बजारमा १ अर्ब २९ करोड ६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।