दसैंका बेला पनि नबिल बैंकका केही शाखाहरु खुल्ला हुने

दसैंका बेला पनि नबिल बैंकका केही शाखाहरु खुल्ला हुने भएका छन् । बैंकले दसैंको टिका (विजया दशमी) का दिन बाहेक अन्य कुनै दिनपनि सेवा प्रवाह नरोकिने गरी केही एक्सटेन्सन काउन्टरहरु खुल्ला राख्ने भएको हो ।  प्रदेश नं. १ को विराटनगर, इटहरी, इटहरी पश्चिम लाइन र धरानका बैंकको शाखा कार्यालयहरूबाट १६ देखि २१ सम्म दिन मिलाएर बिहान १० बजेदेखि १ बजेसम्म खुल्ला हुने जनाएको छ ।

यस्तै, मधेश प्रदेशका बीरगञ्ज र जनकपुर शाखा कार्यालयहरूबाट पनि बिहान १० बजेदेखि १ बजेसम्म सेवा प्रवाह हुने भएको बैंकले बताएको छ ।  बागमती प्रदेशका ललितपुर, कुमारीपाटी–२, बिजुली बजार, घण्टाघर, महाराजगंज खिचापोखरी, न्युरोड, टाँडी, नारायणगढ, हेटौंडा, अमलेखगञ्ज र तातोपानी एक्सटेन्सन काउन्टर टिकाको दिन बाहेक अन्य दिन बिहान १० बजेदेखि १ बजेसम्म खुल्नेछ । तर, काठमाडौं तीनधाराको ब्रान्च भने दिउँसो १ बजेदेखि ४ बजेसम्म खुल्ने बैंकले जनाएको छ ।

अन्य गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका शाखा कार्यालयहरु पनि बिहान १० बजेदेखि १ बजेसम्म खुल्ला रहने प्रबन्ध मिलाइएको बैंकले जनाएको छ । दसैंका बेला दैनिक तीनघण्टा खुल्ने काउन्टरहरुबाट सेवाग्राहीहरुले १० लाख रुपैयाँसम्म डिपोजिट र २ लाख रुपैयाँसम्म वीथ ड्र पैसा झिक्ने सक्ने बैंकले जनाएको छ ।