आइफोन, चार मोडलका आइफोन, तीन मोडलका घडी र एयरपड्स सार्वजनिक

अमेरिकी टेक कम्पनी एप्पलले बुधबार राति नयाँ उत्पादनहरू सार्वजनिक गरेको छ। कम्पनीले हरेक वर्ष सेप्टेम्बरमा नयाँ उत्पादनहरू सार्वजनिक गर्दै आएको छ।

बुधबार कम्पनीले फार आउटु लाइभ कार्यक्रम गर्दै चार मोडलका आइफोन, तीन मोडलका घडी र एयरपड्स सार्वजनिक गरेको हो।

कम्पनीले आइफोन-१४, आइफोन-१४ प्लस, आइफोन-१४ प्रो, आइफोन-१४ प्रो म्याक्स, एप्पल वाच सिरिज-८, एप्पल वाच एसइ, एप्पल वाच अल्ट्रा र एयरपड्स प्रो-२ सार्वजनिक गरेको छ।

आइफोन-१४ र आइफोन-१४ प्लसः

आइफोन-१४ फाइभ-जी फोन हो। यो पाँच रङमा उपलब्ध हुनेछ कालो, निलो, स्टारलाइट, बैजनी र रातो।

यसको ब्याट्री पहिलेभन्दा राम्रो भएको कम्पनीको भनाइ छ।

यी दुवै फोनको डिजाइन आइफोन-१३ को भन्दा धेरै फरक छैन। यिनमा चिपसेट पनि पहिलेकै छ। कम्पनीले यसपालि आइफोनको मिनी संस्करण भने ल्याएको छैन।

यसमा १२ मेगापिक्सलका दुई क्यामरा छन्।

आइफोन-१४ र आइफोन-१४ प्लसमा दुर्घटना भएको सूचना दिने क्र्यास डिटेक्सन फिचर छ। कम्पनीका अनुसार क्र्यास डिटेक्सन फिचरले जुनसुकै गाडीमा पनि काम गर्छ। दुर्घटना भएको सूचनासँगै यसले आपतकालीन कल गर्ने संकेत दिन्छ।

यसमा आपतकालीन समयका लागि ुइमरजेन्सी एसओएसु फिचर छ। यसले फोनमा सिग्नल नभएका बेला स्याटलाइटमार्फत् सन्देश पठाउने सुविधा दिने बताइएको छ। मोबाइलको एन्टेनाले स्याटलाइट फ्रिक्वेन्सीसँग कनेक्ट गर्नेछ। कम्पनीका अनुसार आकाश सफा भएका बेला यसले १५ सेकेन्डमै सन्देश पठाउन सक्छ।

आइफोन-१४ को स्क्रिन आकार पहिलेकै जत्रो, ६.१ इन्चको छ।

आइफोन-१४ प्लसको भने ठूलो छ, ६.७ इन्चको।

आइफोन-१४ प्लसमा अहिलेसम्मका सबै आइफोनको तुलनामा सबभन्दा राम्रो ब्याट्री भएको कम्पनीले दाबी गरेको छ।

आइफोन-१४ को मूल्य ७९९ डलर र आइफोन-१४ प्लसको ८९९ डलर तोकिएको छ।