२३ भदौ, काठमाडौं । जबरजस्ती करणीको आरोप लागेपछि नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ क्यानलाई गुहारेका छन् ।
लामिछानेले कानुनी उपचारका लागि सहयोग गर्न क्यानलाई आग्रह गरेका छन् । हाल क्यारेबियन प्रिमियर लिग खेल्ने वेष्ट इन्डिज (जमैका) मा रहेका सन्दीपले क्यानसँगको कुराकानीमा कानुनी लडाइँ लड्ने बताएका छन् । ‘कानुनी उपचारका लागि सहयोग गर्नुस् भन्ने कुरा भएको छ । एक १७ वर्षीया बालिकाले जबरजस्ती करणी गरेको भन्दै सन्दीपविरुद्ध बलात्कारको उजुरी दर्ता गरेकी छन् ।
सन्दीपलाई आरोप लागेको खबर सार्वजनिक भएपछि क्यान अध्यक्ष चतुरबहादुर चन्द बुधबार बेलुका काठमाडौं आइपुगेपछि क्यानका पदाधिकारीबीच छलफल भएको थियो ।
प्रहारीले यस विषयमा छानबिन गरिरहेकोले क्यानले अहिले सन्दीपमाथि कुनै एक्सन लिने भन्दा पनि छानबिनमा सहयोग गर्ने मल्ले बताए ।
यस्तै सन्दीप सीपीएलको खेलेर मात्र फर्कने भएका छन् ।