खबरदारी बालेनलाई हैन

खबरदारी बालेनलाई हैन
खबरदारी त तिनलाई गर्ने हो
जसले बालेनलाई
काम गर्न दिंदैन

विकासको गतिमा हिँडदा हिँडदै
खबरदारी त तिनलाई गर्ने हो
जसले बालेनलाई
छिड्की लगाउन खोज्छ

घुस र भ्रष्टाचार अन्त्य गर्ने
महानगरकै ठूलो मिशनमा
खबरदारी त तिनलाई गर्ने हो
जसले बालेनको पवित्र सोचलाई
कुठाराघात गर्न खोज्छ

खबरदारी त तिनलाई गर्ने हो
जो आफू मात्र बोल्छ
बालेनको सत्य र उच्च विचार
सुन्न खोज्दैन
बालेनले देखाएको सही बाटोमा
नहिँडेर अन्त्यै हिँडन खोज्छ

बालेन त
युवाहरूको सपना
बूढा बा–आमाको मुहारको खुसी
केटाकेटीको सुन्दर भविष्य
साकार पार्ने संकल्प लिई
सधैँ अगि बढिरहन्छन्

बालेन त
यही महानगरको घेराभित्र
सुख, समृद्धि र स्वच्छताको
उज्यालो बाल्दै बाल्दै
टोल टोल सिँगारी रहन्छन्

बालेन त
लगन, परिश्रम र दृढताको साथ
सम्पूर्ण महानगरवासीलाई साथमा लिएर
काठमाडौंलाई स्वच्छ बनाउने
सफलताको लक्ष्य लिई
कोरेका आधारभूत योजनाहरु
निर्माण गर्न खटिरहन्छन्

त्यसैले
खबरदारी बालेनलाई हैन
खबरदारी त तिनलाई गर्ने हो
जसले काठमाडौंलाई
‘वाह’ भन्न लायक
बनाउन दिंदैन ।

हालः लस एन्जेलस