Breaking News

केपी शर्मा ओली ज्यू, पहिलो र दोस्रो पटक माओवादी केन्द्रको वैशाखी टेकेर प्रधानमन्त्री हुनु भएको हो, अब आउने चुनावपछि भएर देखाउनुस् त मानौंला

१४ जेठ, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजको प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका छन् ।

अध्यक्ष प्रचण्डले ओलीलाई चुनौती दिंदै भने, ‘पहिलो पटक पनि माओवादी केन्द्रको वैशाखी टेकेर भएको हो, दोस्रा पटक पनि भएको हो । अब भएर देखाउनुस् त मानौंला, अबको चुनावपछि ।’

राष्ट्रिय सभा सदस्य, संघ र प्रदेश सरकार गुमाइसक्दा पनि केपी ओली नसच्चिएको भन्दै प्रचण्डले अझै दम्भबाट पछि नहटेको बताए ।

‘पुनर्समीक्षमा जानुहुन्छ कि भनेको त उहाँ त खाली गाली र बदनामी गर्ने,’ प्रचण्डले भने, ‘मेरो दृष्टिमा आफ्नो अहंकार र दम्भबाट पछाडि हट्नुभएको छैन् ।’
नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मान्छेको टाउको काटेर हत्याराको रुपमा जेल गएको होइन भन्दा के हुन्छ भन्दै प्रश्न गरेका छन् ।

अध्यक्ष प्रचण्डले संसदमा बोल्ने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मान्छेको टाउको काटेर हत्याराको रुपमा जेल गएको होइन भन्दा के हुन्छ भन्दै प्रश्न गरेका छन् ।

शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले प्रश्न गरे, ‘तपाईंहरु टाउको काट्ने मान्छे होइन रु हत्याराको रुपमा जेल बसेको होइन रु भन्यो भने के हुन्छ रु त्यो भन्नु जायज हुन्छ ?’

एमाले अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध र शान्ति प्रक्रियाको सन्दर्भमा गरेको टिप्पणीको जवाफ दिने क्रममा प्रचण्डले यस्तो प्रश्न गरेका हुन् । युद्धका क्रममा माओवादीले मान्छेलाई बोरामा हालेको, जनतालाई धम्क्याएको भन्दै ओलीले घृणा फैलाएको प्रचण्डको आरोप छ ।

प्रचण्डले फेरि प्रश्न गरे, ‘हिजा फेरि बोरामा मान्छे हालेको कुरा गर्नुभयो । जनतालाई धम्क्याएको कुरा गर्नुभयो । मैले यो विषय अलि बढी गम्भीर भएको ठानेको छु । हामी अहिले जसरी उपस्थित भएका छौं त्यो शान्ति सम्झौतामार्फत् छौं । १२ बुँदे समझादारी हुँदै यही हलमा बसेर ऐतिहासिक सहमति भनेको होइन ? एउटा प्रक्रियामा हामी जान खोज्दैछौं । फेरि यो करा किन ?’

प्रश्नपछि प्रचण्डले अहिले परिस्थिति भिन्दै भइसकेको अवस्थामा यस्तो भन्नु जायज नहुने भन्दै एकअर्कालाई अपमानित गर्न नहुने बताए । ओलीलाई सोधको प्रश्नको आफैंले जवाफ दिंदै प्रचण्डले अघि भने, ‘यस्तो भन्नु विल्कुलै जायज होइन । अहिले परिस्थिति नितान्त भिन्न भैसकेको छ । हामीले ती कुरालाई पटक(पटक एकले अर्कालाई अपमानित गर्ने ढंगले लियौं भने हामी यो सिस्टममार्फत नेपाली जनतालाई जे दिन खोजेका छौं त्यो दिन सकिने छैन् ।’

अध्यक्ष, प्रचण्ड