आज सुनको मूल्य तोलामा १४ सय बढ्यो

२२ वैशाख, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढ्ने घट्ने क्रममा आज तोलामा एक हजार ४ सय रुपैयाँले बढेको छ । हिजो स्थिर रहेको सुनको मूल्य आज भनै एकै पटक धेरै मूल्यले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य ९८ हजार ६ सय रुपैयाँ तोकिएको छ । बुधबार छापावाल सुनको मूल्य ९७ हजार २ सय रुपैयाँ थियो ।

यस्तै आज तेजावी सुनको मूल्य ९८ हजार एक सय रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १३ सय पाँच रुपैयाँ पुगेको महासंघले जनाएको छ ।