विप्लव ले केन्द्रीय सदस्यद्वय दीपक चलाउने र गुणराज लोहनीलाई निलम्बन गरे

नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले पार्टीका केन्द्रीय सदस्यद्वय दीपक चलाउने र गुणराज लोहनीलाई निलम्बन गरेका छन् । नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) ले एक विज्ञप्ति जारी गरी केन्द्रीय समितिको सचिवालयलको बैठकको निर्णयबाट उनीहरुलाई निलम्बन गरेको जानकारी दिए ।

यसअघि विप्लवले धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश ओली (सुदर्शन) लाई पनि पार्टीबाट हटाएका थिए । स्थानीय चुनावको नीतिका सन्दर्भमा नेकपामा अन्तरविरोध चर्किएको छ ।
यता बास्तोला र ओली पक्षको बैठकले पनि महासचिव विप्लव र प्रवक्ता प्रकाण्डलाई नै कारबाही गरेको थियो ।