२०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेट जाँदा आएको ७ दशमलव ६ रेक्टर स्केलको भूकम्पलाई नेपालमा भूकम्पीय मापन सुरु भएदेखि अर्थात् १९९० सालपछिको सबैभन्दा ठुलो भूकम्प थियो । बि।स। १९९० सालमा गएको महाभूकम्प ९८ रेक्टर स्केलभन्दा बढी० पछि गएको अर्को ठुलो भूकम्पले करिब ९ हजार जनाको ज्यान लियो ।
सोमबार ९२०७९ वैशाख १२० विनाशकारी भूकम्प गएको ७ वर्ष पूरा भएको छ । यो ७ वर्षको अवधिमा भूकम्पले क्षति अधिकांश संरचनाहरू पुनर्निर्माण भइसकेका छन् भने केही अझै निर्माणकै क्रममा रहेका छन् । कतिपय संरचनाहरूको विनिर्माण गर्नुपरेको छ भने कतिपय संरचनालाई टेकोकै भरमा उभाइएको छ । कतिपय संरचना भने सम्झनाका लागि ९जस्तै पुरानो धरहरा भूकम्पपछिकै अवस्थामा राखिएको छ ।
विनाशकारी भूकम्पले मध्य क्षेत्र, गोरखादेखि दोलखासम्मको क्षेत्र र यी क्षेत्रका १४ जिल्लामा पुराएको क्षतिले त्यतिबेला धेरैलाई रुवाएको थियो, धेरैको घरबार ध्वस्त बनाएको थियो, कैयनले परिवारका सदस्यसमेत गुमाएर शोकमा बस्नुपरेको थियो । वैशाख जेठको गर्मी, त्यसपछिको झरी र त्यसलगत्तै भएको नाकाबन्दीको मार यतिबेला धेरैले बिर्सिसकेका छन् ।
२०७२ सालको भूकम्पपछि सबैभन्दा धेरै सुनिएको नाम थियो लोकविजय अधिकारी । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका तत्कालीन प्रमुख लोकविजय अधिकारीले गोरखा भूकम्प र त्यसले पारेका असर तथा काठमाडौँ उपत्यकाको जोखिम आदिका विषयमा गरेको अध्ययनकै आधारमा करिब एक वर्ष अगाडि नै विद्यावारिधि गरिसकेका छन् । गोरखा भूकम्पकै सम्बन्धमा अध्ययन र अनुसन्धान गरी विद्यावारिधि प्राप्त गरिसकेका अधिकारीलाई रातोपाटीले सम्पर्क गरी ‘अब २०७२ को भूकम्प बिर्सिए हुन्छ रु’ भन्दा उनले भने, ‘भूकम्पकै कारण तपाईंहरू र जनताले मलाई सम्झनु नपरोस्, तर त्यतिबेलाको भूकम्प बिर्सिने छुट भने कसैलाई छैन ।’
हुन पनि हो, २०७२ सालमा गएको भूकम्प बिर्सिने छुट कसैलाई छैन । किनभने गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ६ रेक्टर स्केलको भूकम्पले ८ हजार ९ सय ७० जनाले ज्यान गुमाएका थिए । भूकम्पबाट सबैभन्दा बढी मानवीय क्षति सिन्धुपाल्चोक जिल्लामा भएको थियो, जहाँ ३ हजार ५७३ जना अर्थात् करिब ४० प्रतिशतले ज्यान गुमाएका थिए ।
२०७२ सालमा गोरखा केन्द्रबिन्दु भएर गएको भूकम्पमा सिन्धुपाल्चोकमा ३ हजार ५७३ जना, काठमाडौँमा १ हजार २३६ जना, नुवाकोटमा १ हजार ११२ जना, रसुवामा ६८१ जना, धादिङमा ६८० जना र बाँकी अन्य जिल्लामा नागरिकहरूको मृत्यु भएको थियो । उक्त भूकम्पमा कुल ८० विदेशी नागरिकले पनि ज्यान गुमाएका थिए ।
२०७२ को विनाशकारी भूकम्पका कारण १० लाख ७२ हजार ९३ वटा व्यक्तिका निजी घरमा क्षति पुगेको थियो । जसमध्ये ७ लाख ७३ हजार ९५ वटा घरहरू पूर्णरुपमा क्षतिग्रस्त बनेका थिए । ती घरहरू बस्नका लागि अयोग्य घोषित गरिएको थियो । पूर्णरुपमा क्षति भएका घरको सङ्ख्या हेर्दा काठमाडौँ उपत्यकामा मात्रै १ लाख २ हजार ७०१ घर थिए । बाँकी घरहरू भने अन्य पहाडी जिल्लाहरूमा पूर्ण क्षतिमा परेका थिए ।
जिल्लागत रूपमा हेर्दा उक्त भूकम्पले सबैभन्दा धेरै सिन्धुपाल्चोक जिल्लामा ८९ हजार ८८४ घरमा पूर्ण क्षति पुराएको थियो । त्यस्तै काभ्रेपलाञ्चोक जिल्लामा ८३ हजार ५३० घर, धादिङ्गमा ८१ हजार ३१३ घर, दोलखामा ८० हजार ७११ घर, नुवाकोटमा ७९ हजार ३५४ घर, गोरखामा ६८ हजार ५३७ घर, रामेछापमा ५२ हजार ९५ घर, काठमाडौँमा ४५ हजार १३७ घर, ललितपुरमा २९ हजार ५६ घर, भक्तपुरमा २८ हजार ५०८ घरमा क्षति पुराएको थियो । त्यसैगरी उक्त भूकम्पले सिन्धुलीमा २२ हजार ३४२ घर, मकवानपुरमा २१ हजार १३६ घर, ओखलढुङ्गामा १५ हजार ६१९ घर र रसुवामा ११ हजार ९५० घरमा पूर्ण क्षति पुराएको थियो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार त्यतिबेला इँटा, ढुङ्गा र माटोले बनेका, कमजोर जग भएका, पुराना, प्राविधिक रूपमा कमजोर घरहरूमा भूकम्पले बढी क्षति पुराएको थियो ।
भूकम्पविद् लोकविजय अधिकारीका अनुसार काठमाडौँ उपत्यकाभित्र भूकम्पले तलमाथि ९भर्टिकल० दिशामा बढी प्रवेग उत्पन्न गराएको थियो । त्यसैगरी उक्त भूकम्पले माटो बढी भएको क्षेत्रमा भन्दा पनि चट्टानी क्षेत्रमा बढी कम्पन ल्याएको थियो । उक्त भूकम्पमा काठमाडौँ खाल्डोभित्र भन्दा बढी कम्पन चट्टानी क्षेत्र मानिएको कीर्तिपुर क्षेत्रमा बढी कम्पन ल्याएको थियो । गोरखा भूकम्पले ७ वर्षको अवधिमा ५ हजार ५ सयभन्दा बढी पराकम्प ल्याइसकेको पनि अधिकारीले बताए ।
नेपाल उच्च भूकम्पीय जोखिममा
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख डा। लोकविजय अधिकारीका अनुसार नेपाल भूकम्पीय जोखिमका दृष्टिले उच्च जोखिममा रहेको राष्ट्र हो । २ हजार ४ सय किलोमिटर लामो हिमालय भू–खण्डको केन्द्रीय भागमा रहेको नेपाल त्यसको एक तिहाइ भूभागमा फैलिएको छ । भारतीय प्लेट र युरेशियाली प्लेटहरू बीचको संघातबाट बनेको यो क्षेत्र भूकम्पीय दृष्टिकोणले संवेदनशील क्षेत्रमा पर्ने अधिकारीले बताए ।
प्रतिवर्ष २ सेन्टिमिटरको दरले भारतीय प्लेट हिमालयमुनि घुस्दा सक्रिय दरारहरूमा तनाव वा शक्ति सञ्चय भइरहेको हुँदा नेपालमा अझै पनि विनाशकारी भूकम्प जाने सम्भावना बढी नै रहेको छ । नेपालको भौगर्भिक बनौट तथा भू–क्रियाशीलताको अवस्थाका साथै भूकम्पहरूको अध्ययन तथा अनुसन्धानबाट भूकम्प पुनरावृत्तिको अवधि भू–खण्ड अनुसार फरक–फरक रहेको हुँदा नेपालमा अब कति वर्षमा भूकम्प फर्किन्छ भनेर भन्ने अवस्था नरहेको अधिकारीले बताए ।
पश्चिम नेपाल अत्यधिक जोखिममा
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार नेपालमा तीन क्षेत्रको भूकम्पीय जोखिम फरकफरक रहेको रहेको छ । अधिकारीका अनुसार अहिले मध्यक्षेत्रमा भूकम्प गएको कारण यही क्षेत्रमा छिटो नै ठुलो प्रकारको भूकम्प आउने सम्भावना छैन । मध्य क्षेत्र भन्नाले गोरखादेखि दोलखासम्मको क्षेत्र आदि पर्दछन् जहाँ भूकम्प गएको ७ वर्षमात्रै भएको कारण यस क्षेत्रमा भूकम्प आउनका लागि आवश्यक शक्ति कमजोर भइसकेको छ ।
तर गोरखादेखि पश्चिमको क्षेत्रमा केन्द्रबिन्दु भएर लामो समयदेखि भूकम्प नगएको कारण उक्त क्षेत्रमा ठुलो भूकम्पको सम्भावना सकिएको छैन । अधिकारीका अनुसार उक्त क्षेत्रमा भूकम्पीय शक्ति सञ्चय भएर बसेको कारण उक्त क्षेत्रमा भूकम्प जाँदा ठुलो जनधनको क्षति पनि हुनसक्छ । अधिकारीका अनुसार पश्चिमीक्षेत्रमा भूकम्प जाँदा भारतको देहरादुनसम्म क्षति पुराउन सक्छ । भूकम्पीय जोखिमका दृष्टिले यो क्षेत्र सबैभन्दा जोखिमको क्षेत्र हो ।
अधिकारीका अनुसार १९९० सालमा गएको महाभूकम्प ९ ८ रेक्टर स्केलभन्दा बढीको० सङ्खुवासभा जिल्लालाई इपिसेन्टर बनाएर गएको थियो । उक्त भूकम्प दक्षिणक्षेत्रको भूकम्प हो । उक्त क्षेत्रमा महाभूकम्प गएको ८२ वर्ष भएको छ । उक्त क्षेत्रमा पनि भूकम्पीय शक्ति सञ्चित भएर बसेको छ । काठमाडौँदेखि सिन्धुली हुँदै दक्षिणतर्फको क्षेत्रमा पनि लामो समयदेखि ठुलो भूकम्प नगएको कारण ती क्षेत्र पनि भूकम्पीय जोखिमका दृष्टिले उच्च स्थानमै रहेको छ । चुरे क्षेत्रतिरको शक्ति लामो समयदेखि कायम रहेकाले ती क्षेत्र पनि भूकम्पीय जोखिमको दृष्टिले खतरामै रहेको उनले बताए ।
नेपालको मध्य क्षेत्र ९काठमाडौँ आसपास० को क्षेत्रको भूकम्पीय शक्ति भने अहिले कमजोर बनेको अधिकारीले बताए । गोरखा भूकम्पको शक्ति काठमाडौँ हुँदै दोलखासम्म पुगेर कमजोर बनेको र पटकपटकको पराकम्पका कारण यी क्षेत्रमा तत्कालै ठुलो भूकम्पको सम्भावना भने निकै कम रहेको अधिकारीले बताए । यद्यपि पश्चिमी क्षेत्रमा ठुलो भूकम्प गएमा वा दक्षिणी वा चुरे क्षेत्रमा भूकम्प गएमा त्यसको असर भने मध्य क्षेत्र वा काठमाडौँ उपत्यका आसपासमा पनि पर्ने अधिकारीले बताए ।
करिब ९ खर्बको क्षति
२०७२ सालमा गएको भूकम्पका कारण करिब ९ खर्बको क्षति भएको सरकारले बताएको छ । २०७३ सालमा सरकारले निकालेको एक प्रतिवेदनका अनुसार भूकम्पका कारण ८ खर्ब ८१ अर्बको क्षति भएको थियो, आर्थिक वर्ष २०७०र७१ को कुल गार्हस्थ्य उत्पादनको एक तिहाइ थियो । त्यसैगरी पुनर्निर्माणको समय बढ्दै जाँदा पछि क्षति १० खर्बको हाराहारीमा पुगेको सरकारी तथ्याङ्क छ ।
भूकम्पले पढाएको पाठ, बलियो बन्न थाल्यो घर
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार २०७२ सालको भूकम्पले सिकाएको पाठ भनेको आफैँले बनाएको संरचनाको कारण मानिसहरूको मृत्यु भएको भन्ने नै भयो । उक्त घटनाका कारण त्यसपछि बनेका संरचनाहरू भूकम्पीय जोखिमका दृष्टिले कम जोखिमयुक्त रहेका छन् । यद्यपि भूकम्प कसरी गयो, कम्पन कसरी भयो भन्ने कुराले पनि क्षतिको निर्धारण गर्ने अधिकारीले बताए । २०७२ सालको भूकम्पपछि बनेका संरचनाहरूमा सरकारले पनि नयाँ मापदण्ड लागू गरेसँगै केही बलियो संरचना बनिरहेको उनले बताए । अधिकारीले भने, ‘भूकम्पपछि सरकारले भवन निर्माण मापदण्डमा केही परिवर्तन ल्यायो, त्यसपछि केही बलियो संरचना बन्न थाल्यो, यो भूकम्पको सकारात्मक पक्ष हो ।’
अधिकारीका अनुसार भूकम्पलगत्तै कतिपयले अग्लो घरको केही भूभाग काटेर होचो बनाए भने कतिपयले मापदण्डभन्दा बाहिर रहेर बनाइएका थप संरचनाहरू भत्काउन थाले । उनले भने, त्यसपछिका अधिकांश आवासीय घरहरू साँढे दुई तलाको मात्रै छ । व्यावसायिक प्रयोजनका लागि बनाइएका घरहरू पनि भूकम्पीय जोखिमका दृष्टिकोणले कम जोखिमका रहेका छन् । यद्यपि कम जोखिम भनेको ८ रेक्टर स्केलभन्दा कम कम्पन हुने भूकम्पलाई मात्रै भनिएको हो । यदि ८ रेक्टर स्केलभन्दा बढी कम्पन भएको भूकम्प आयो र लामो समयसम्म कम्पन आइरह्यो भने कम्पनको तरिकाअनुसार संरचनामा ठुलो क्षति पुराउन सक्ने उनले बताए ।
‘त्यसो भए भूकम्पपछि बनेका संरचनाले ८ रेक्टर स्केलसम्मको कम्पन थेग्छ त रु’ भन्ने रातोपाटीको प्रश्नमा अधिकारीले भने, ‘त्यो भनियो भने त्यो गलत हुन्छ । मैले फेरि पनि भने भूकम्पको क्रममा आउने कम्पनको तरिकाअनुसार क्षतिको आङ्कलन गर्नुपर्ने हुन्छ । यदि कम्पन दायाँ बायाँ गर्यो भने ठुला संरचनाहरूमा बढी क्षति पुराउन सक्छ भने तलमाथि गर्यो साना घरहरूमा बढी क्षति पुराउँछ । त्यसकारण यस्तो घरले यति थेग्छ भन्न मिल्दैन । यद्यपि नयाँ घरहरू पहिले बनेका भन्दा थप सुरक्षित भन्नचाहिँ सकिन्छ ।’
मदन ढुङ्गाना/ रातोपाटीबाट