प्युठानको झिमरुक गाउँपालिकामा एमाले र माओवादीबीच चुनावी गठबन्धन

प्युठानको झिमरुक गाउँपालिकामा सत्ता गठबन्धनभित्रै कुरा नमिलेपछि नेकपा एमाले र नेकपा माओवादीबीच चुनावी गठबन्धन हुने भएको छ । गाउँपालिका अध्यक्षलाई लिएर माओवादी र राष्ट्रिय जनमोर्चा सहमति नभएपछि एमाले माओवादी गठबन्धन हुन पुगेको हो ।

एमाले माओवादी गठबन्धनबाट माओवादी नेता पितबहादुर एमसी अध्यक्ष र एमालेबाट हुकुमबहादुर खड्का उपाध्यक्षमा उठ्ने भएका छन् । दुई दलबीच भएको सहमतिलाई गोप्य राखिएको छ ।

यस्तै जनमोर्चा र काँग्रेसबीच तालमेल भएपछि जनमोर्चाबाट अध्यक्षमा टिकाबहादुर जिसी उपाध्यक्षमा काँग्रेसका प्रमोद पोखरेल उम्मेदवार भएका छन् । यसअघि निर्वाचनमा अध्यक्ष र उपाध्यक्षमा जनमोर्चाले जितेको थियो । जनमोर्चाले अध्यक्ष छोड्नै नमानेपछि माओवादी र एमालेबीच गठबन्धन हुन पुगेको हो ।