‘प्रचण्ड’ले दिउँसो २ बजे पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै

१२ वैशाख, काठमाडौं । सत्ता साझेदार प्रमुख घटक तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री ‘प्रचण्ड’ले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दै छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा हुने पत्रकार सम्मेलनमा उनले स्थानीय तह निर्वाचनको तयारी र गठबन्धन भित्रको समझदारीबारे आफ्ना भनाइ राख्ने बुझिएको छ ।