आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढ्यो

आज नेपाली बजारमा सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला एक लाख ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३०० रुपैयाँले बढ्दै एक लाख ९०० रुपैयाँ कामय भएको हो ।

यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ३०० रुपैयाँले नै बढ्दै एक लाख ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तर, यता चाँदीको मूल्य भने आज घटेको छ । अघिल्लो दिन प्रतितोला एक हजार ३८५ रुपैयाँमा कारोबार भएको चाँदी आज पाँच रुपैयाँले घट्दै एक हजार ३८० रुपैयाँ कायम भएको हो ।