धरान उपमहानगरपालिकामा चार दलीय गठबन्धनबीच वडास्तरसम्ममा भागबण्डा

वैशाख ३० गते हुने गइरहेको स्थानीय निर्वाचनका लागि धरान उपमहानगरपालिकामा चार दलीय गठबन्धनबीच प्रमुख उपप्रमुखसहित सबै वडामा भागबण्डा मिलेको छ । उपमहानगरमा प्रमुख,उपप्रमुख,वडाध्यक्ष,वडा सदस्य,कार्यपालिका सदस्य र नगरसभा सदस्य पदमा नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टी बीच सहकार्य गरेर जाने सहमतिअनुसार ३० गते हुने चुनावका लागि वडा तहसम्मको सबै पदमा भागबण्डा मिलेको हो ।

जसअनुसार नेपाली काँग्रेसले प्रमुख सहित वडा नम्बर १,२,५,६,७,८,९,११,१२,१३,१४,१६ र १८ को अध्यक्ष पाउने भएको
छ । यस्तै नेकपा माओवादी केन्द्रले उपप्रमुखसहित वडा नम्बर ३, १५, १७ र २० को अध्यक्ष पाउने भएको छ । यसैगरी जनता समाजवादी पार्टीले वडा नम्बर १० र १९ पाउँदा नेकपा एकीकृत समाजवादी पार्टीले वडा नम्बर ४ को अध्यक्ष पाउने गरी सहमति भएको छ ।

सहमतिपछि चार दलको संयुक्त वक्तव्यमा भनिएको छ ।