न्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोयल्स च्यालेन्जर्स बैंगलोरले दिल्ली क्यापिटल्समाथि सहज जित

एजेन्सी

इन्डियन प्रिमियर लिग ९आईपीएल० टी–ट्वान्टी क्रिकेटमा रोयल्स च्यालेन्जर्स बैंगलोरले दिल्ली क्यापिटल्समाथि सहज जित निकालेको छ । शनिबार भएको खेलमा बैंगलोरले दिल्ली क्यापिटल्सलाई १६ रनले हराएको हो । मुम्बईमा बैंगलोरले दिएको १९० रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर मात्र १७३ रन बनाउन सक्यो । दिल्लीका लागि डेभिड वार्नरले सर्वाधिक ६६ रनको अर्धशतीयक पारी खेलेपछि जितका लागि प्राप्त भएन ।

३८ बल खेलेका उनले ५ चौका र ५ छक्का प्रहार गरे । दिल्लीका कप्तान रिषव पन्तले ३४ रन बनाउँदा सार्दुल ठाकुरले १७ रनको योगदान गरे । बलिङतर्फ बैंगलोरका लागि जोस हेजलहुडले सर्वाधिक ३ विकेट लिए । त्यस्तै मोहमद सिराजले २ विकेट लिँदा वानिन्दु हर्सरंङ्गाले एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८९ रन बनाएको थियो । बैंगलोरका लागि दिनेश कार्तीक र ग्लेन म्याक्सवेलले अर्धशतकीय पारी खेले । ३४ बल खेलेका दिनेशले ५ चौका र ५ छक्का प्रहार गरे ।

त्यस्तै ३४ बल खेलेका म्याक्सवेलले ७ चौका र २ छक्का प्रहार गरे । बैंगलोरका शाहवाज अहमेदले ३२ रनको योगदान
गरे । बलिङतर्फ दिल्लीका लागि शार्दुल ठाकुर, कलेल अहमेद, अक्षर पटेल र कुलदीप यादवले एक–एक विकेट लिए ।

जितसँगै बैंगलोर तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लिगमा ६ खेल खेलेको बैंगलोर ८ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ । पराजित दिल्ली ५ खेलबाट ४ अंक जोडेर तालिकाको आठौं स्थानमा छ ।