एमालेको प्रभाव भएका मान्छे हाम्रो नजिक हुन्छन् त्यसैले एमालेले जितेको पालिकामा हाम्रो हो

अध्यक्ष माधवकुमार नेपाल

३ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको स्थानीय तहमा आफ्नो पार्टीले उम्मेदवार पाउनुपर्ने दाबी गरेका छन् ।

पार्टीको सम्पर्क विशेष प्रदेश कमिटीले हिजो शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले ०७४ सालको निर्वाचनमा एमालेले पाएको सफलतामा आफूहरुको हक लाग्ने बताए ।

(सत्ता गठबन्धनको) सबै दलले ०७४ सालको निर्वाचनमा भाग लिएका छन् । हामीले एमालेको नाउँमा भाग लिएका छौं, किन भने त्यो बेलामा हाम्रो पार्टी नेकपा एमाले थियो’ ‘त्यसकारण एमालेले प्राप्त गरेको सफलतामा हाम्रो हक लाग्छ, पहिलो हक लाग्छ ।’

अरु दलले चाहेर पनि नेकपा एमालेका कार्यकर्तालाई आकर्षित गर्न नसक्ने भन्दै नेता नेपालले एमालेले जितेको पालिकामा एकीकृत समाजवादीका उम्मेदवारले मात्र जित्न सक्ने दावी गरे ।

‘त्यहाँ जित्नु छ भने हाम्रै उम्मेदवारले जित्न सक्छन् । एमालेको प्रभाव भएका मान्छे बरु हाम्रो नजिक हुन्छन्’ ‘यस बीचमा अरु पार्टी अगाडि बढेका छन् भने थोरै मतान्तरले जित हार भएको छ भने हामी ध्यान
दिन्छौं । हामी जित्ने सुनिश्चित गर्ने गरी दाबा गर्नेछौं ।’

त्यसैले कम्तीमा एक्लै ५० प्रतिशत शक्ति पु¥याएको स्थानीय तहमा मात्र नेतृत्व दावा गर्न सुहाउने बताए । गठबन्धनका कतिपय दलले १० प्रतिशत, २० प्रतिशत मतको आधारमा पनि पालिका दाबी गरिरहेको भन्दै अध्यक्ष नेपालले जित्ने भन्दा बढी स्थानमा दाबा गर्न नमिल्ने बताए ।