Breaking News

प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश

प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा एट्लेटिको मड्रिडसँग गोलरहित बराबरी खेल्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

सिटीले पहिलो लेगमा १–० गोलको जित निकालेको थियो । सिटीले समग्रमा १–० को जितसहित अन्तिम चारमा पुगेको हो । एट्लेटिकोको मैदानमा भएको दोस्रो लेगमा भने दुवै टोलीले गोल गर्न सकेनन् । दुवै टोलीले पाएको अवसर गुमाउँदा खेलको नतिजा बराबरी भयो । अब सिटीले सेमिफाइनलमा स्पेनकै रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ ।